माओवादी केन्द्रको ओसियामा महाशाखाको संयोजकमा पौडेल
मङ्गलबार, २७ फागुन २०८१, १५ : ०९

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेशको ओसियाना महाशाखा संयोजकमा ईश्वर पौडेल चयन भएका छन् ।
जसको सचिवमा हिमलाल गैरे, सदस्यमा माण्डप कार्की, दीपक पाण्डे, भरत नेपाल, सरिता ढकाल, झलक ढुंगाना, प्रवीण कँडेल, कपिल पाण्डे, लोकराज पौडेल, कृष्ण पौडेल, डा कृष्ण श्रेष्ठ, टेक प्रसाद सापकोटा, प्रमोद दवाडी, धर्म यादव र विशाल गौतम रहेका छन् ।
हालै सम्पन्न महाशाखाको भेलामा प्रदेश इन्चार्ज शेषमणि शर्मा, सहसचिव सुनिता रेग्मीलगायतको सहभागिता रहेको थियो । भेलामा जनप्रगतीशील मञ्च अस्ट्रेलियाले गर्ने कार्यक्रम र उपस्थितिको सन्दर्भमा समेत छलफल भएको बताइएको छ ।