विपक्षी दलका नेता खर्गेले राज्यसभामा भने- कहाँ कहाँ ठोक्नु पर्छ हामी ठोक्दिन्छौँ

नयाँ दिल्ली । भारतको राज्यसभामा संसदको बजेट अधिवेशनमा नयाँ शिक्षा नीतिको विषय हाबी भएको छ । यस विषयमा पार्टी र प्रतिपक्षबिच चर्को विवाद भएको हो ।
मंगलबार राज्यसभामा विपक्षी दलका नेता मल्लिकार्जुन खर्गेले एउटा वक्तव्य दिएपछि सदनमा चर्को हंगामा मच्चिएको छ।
खर्गेले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको भनाइको निन्दा मात्र गरेनन्, उपसभामुखले बोल्न रोकेपछि उनी रिसाए । उनले अधिनायकवाद चलिरहेको बताए । उपसभामुखले फेरि बोल्न रोकेपछि उनले भने, 'कहाँ कहाँ ठोक्नुपर्छ, हामी ठीकसँग ठोक्दिन्छौँ, सरकारलाई नै ठोक्दिन्छौँ ।'
खर्गेको भनाइप्रति सत्तारुढ दलले आपत्ति जनाएको छ । राज्यसभाका नेता जेपी नड्डालेले उक्त बयानको निन्दा गरेका छन् । उनले प्रतिपक्षी नेताले यस्तो भाषा प्रयोग गर्नु मान्य नहुने बताए । यो भनाइप्रति खर्गेले माफी माग्नुपर्ने उनले बताए ।
यसपछि खर्गेले भने, 'यदि मेरो शब्दले कसैलाई चोट पुगेको छ भने म माफी चाहन्छु।' खर्गेले अध्यक्षलाई भने, 'म तपाईसँग माफी माग्छु, तर सरकारको माफी स्वीकार गर्दिनँ।'
सदनमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानले डीएमके अलोकतान्त्रिक र असभ्य पार्टी भएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीको सहिद नारायण पोखरेल क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी
-
गलकोट बहुमुखी क्याम्पसमा क्रान्तिकारीका साहानी निर्वाचित
-
महाराजगन्ज नर्सिङ क्याम्पसमा नेविसंघकी पोखरेल निर्वाचित, एक मतले हारेपछि अनेरास्ववियुको विरोध
-
‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन
-
एएनए सम्मेलन क्यानडाको क्यालगरीमा हुने
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची