स्ट्रोक र हर्ट अट्याक रोक्ने खोप बनाएको चिनियाँ वैज्ञानिकहरूको दाबी

बेइजिङ । मुटुसम्बन्धी रोगका कारण विश्वभर हरेक वर्ष १ करोड ७९ लाख मानिसहरूले ज्यान गुमाइरहेका छन् । लाखौँ मानिसहरूले जीवनभर मुटुको समस्या भोग्छन् ।
चिनियाँ वैज्ञानिकहरूका अनुसार, अब यो घटना धेरै विरलै हुनेछ । आफूहरूले हृदयाघात र स्ट्रोकबाट बच्ने खोप बनाएको दाबी उनीहरूले गरेका छन् । नान्जिङ विज्ञान तथा प्रविधि विश्वविद्यालयका वैज्ञानिकहरूले एउटा यस्तो सुई विकास गरेको बताएका छन् । जसले कोलेस्ट्रोललाई धमनीमा टाँसिनबाट रोक्नेछ । कोलोस्ट्रोल धमनीमा टासिएपछि रगत जम्ने समस्या निम्त्याउँछ र रक्त प्रवाहमा अवरोध पुर्याएर हृदयाघात र स्ट्रोकको जोखिम बढाउँछ । चिनियाँ वैज्ञानिकहरूको यो खोजबारे नेचर जर्नलमा प्रकाशित भएको छ ।
- कसरी हुन्छ हृदयाघात र स्ट्रोक ?
धमनीका भित्तामा कोलेस्ट्रोल जम्मा हुन थालेपछि धमनी साँघुरो हुन थाल्छ । यसले रक्तसञ्चार कम हुन्छ र मुटुमा कम रगत पुग्छ । मुटुमा कम रगत पुगेपछि यसले राम्ररी रगत पम्प गर्न सक्दैन । अनि यसले हृदयाघात र स्ट्रोकको जोखिम बढाउँछ । मुटु रोगमा, धेरैजसो मानिसहरू हृदयाघात र स्ट्रोकबाट मर्छन् । समस्या के छ भने कोलेस्ट्रोल धमनीहरूमा टाँसिन थालेको कुरा पत्ता लगाउन सकिँदैन । यही कारणले गर्दा अचानक हृदयाघात भएर मानिसहरूको मृत्यु हुन्छ । मुटुले रगत पम्प गर्न बन्द गरेपछि मस्तिष्कमा कम अक्सिजन पुग्छ र यसले स्ट्रोक निम्त्याउँछ । मस्तिष्कमा अक्सिजनको कमीका कारण मस्तिष्कका कोषहरू पनि मर्न थाल्छन् ।
- खोपले धमनीहरूमा कोलेस्ट्रोल टाँसिन दिँदैन
चिनियाँ वैज्ञानिकहरूले हालै मुसामा एउटा अध्ययन गरेका थिए । अध्ययनमा, मुसाका धमनीमा कोलेस्ट्रोलको तह जम्मा हुनबाट रोक्न खोप सफल भयो । मुसाको धमनीमा कोलोस्ट्रोल टाँसिएर पत्र बन्नबाट रोकिएको यो पहिलो खोज हो । ‘हामीले न्यानो भ्याक्सिन बनाएका छौँ र प्रि–क्लिनिकल डेटामा यस खोपले धमनीहरूमा प त्र जम्मा हुन दिँदैन भन्ने प्रमाणित गरेको छ ।’ खोजमा संलग्न वैज्ञानिकहरूले भनेका छन् ।
पहिलेको अनुसन्धानमा, विभिन्न प्रकारका प्रोटिनहरूबाट डिजिटल पुस्तकालय तयार गरिएको थियो र यसलाई बुझेपछि इन्फ्लेमेशन अर्थात् सुन्निएको कम गर्न शरीरको प्रतिरक्षा प्रणाली कसरी बढाउन सकिन्छ भनेर काम गरिएको थियो । यस अनुसन्धानमा, पी २१० नामक प्रोटिनले प्रतिरक्षा प्रणालीलाई धमनीहरूमा पत्र जम्नै नदिने गरी सक्रिय बनाउने थाहा भयो । यो खोप स्ट्रोक र हर्ट अट्याक रोक्ने दिशामा अर्को कदम हो । मानिसमा पनि यो प्रयोग सफल भयो भने यो धेरै ठुलो कदम हुनेछ । यसबाट लाखौँ मानिसहरूलाई मृत्युबाट बचाउन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक लेखा समिति सरकारको छाया बन्यो : मोदी
-
कुलमान हटाएकोमा सरकारले पश्चात्ताप गर्नुपर्नेछ : जनार्दन शर्मा
-
आर्थिक स्थायित्व र समृद्धिका लागि आगामी बजेट
-
लेखा समितिमा प्रश्न : कुलमान हटाएपछि बक्यौताबारे कहिले छलफल हुन्छ ?
-
‘यता आईपीओ रोकिएको छ, उता स्थानीय सेयर कहिले दिने हो भन्छन्’
-
आर्थिक अनियमितताको मुद्दामा दोस्रो पटक सफाइ पाए सेप ब्लाटर र मिचेल प्लाटिनीले