असन्तुष्टिको आगोमा घिउ तप्ने काम भएको छ : गगन थापा

नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नागरिकमा रहेको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्ने बताएका छन् । नवलपरासी क्षेत्र नं. २ ‘क’ को प्रदेश सभा क्षेत्रीय सम्मेलनलाई बुधबार सुनवलमा सम्बोधन गर्दै महामन्त्री थापाले मानिसहरूमा किन असन्तुष्टि छ भनेर पहिला बुझ्नुपर्ने बताए ।
‘असन्तुष्टिले गर्दा मानिसहरूमा आक्रोशको आगो बलेको छ । त्यो आगोमा एकथरी मानिस घिउ थप्न चाहन्छन्’, उनले भने, ‘त्यो घिउ थप्ने को हो ? भन्ने छाडौँ । असन्तुष्टि किन छ भन्ने बुझियो भने असन्तुष्टिलाई कम गर्न सकिन्छ ।’
महामन्त्री थापाले आक्रोशको आगो निभाउन सकिने पनि बताए । ‘आक्रोशको आगो निभाइयो भने त्यो घिउ बोकेर जो आएको छ त्यो घिउ आफ्नै अनुहारमा दलेर बस्छ वा खान्छ । त्यसैले अहिले कांग्रेसले निर्वाह गर्ने धर्म भनेको उठेको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्छ’, थापाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७ दशकदेखि स्वाद चखाउँदै धनकुटे नरिवल बिस्कुट
-
समान चरित्र बोकेका बेंगलुरु र पञ्जाब आपसमा भिड्दै, पाँचौँ जितको खोजी
-
प्रदेशको शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा उच्चतम प्रयास भएको छ : मुख्यमन्त्री पाण्डे
-
३६७ किलो गाँजासहित ५ जना प्रहरीको नियन्त्रणमा
-
बागमतीका औद्योगिक ग्राम अलपत्र : न स्रोत छ, न व्यवस्थापन
-
पोखरामा निर्माण भएको गोदामघर प्रदेशलाई हस्तान्तरण