आरआर क्याम्पसमा एमाले र समाजवादीबिच चुनावी तालमेल

काठमाडौँ । काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा समेत नेकपा (एमाले) र नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनहरूले चुनावी तालमेल गर्ने भएका छन्। अनेरास्ववियु र अनेरास्ववियूबिच चुनावी तालमेल भएको हो ।
चैत ५ गते हुन गइरहेको त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचनमा दुई संगठनबिच तालमेल भएको हो । मंगलबार उम्मेदवारी दर्ताको कार्यक्रम थियो। त्यही बेला दुई संगठनबिच मिलेर दर्ता गरिएको अनेरास्ववियु उपाध्यक्ष नारायण घर्तीले जानकारी दिए।
आरआरमा समाजवादी निकटको अनेरास्ववियूलाई कोषाध्यक्ष दिएको छ। एमालेनिकट अनेरास्ववियुबाट स्ववियु अध्यक्षमा लोकेश खड्का उम्मेदवार बनेका छन्।
एकीकृत समाजवादीबाट कोषाध्यक्षमा अम्बिका अधिकारी उम्मेदवार बनेकी हुन् । आरआरमा यसअघि २०७९ सालकाे निर्वाचनमा समाजवादी निकट अनेरास्ववियू लगायतले तालाबन्दी गरेपछि स्ववियु निर्वाचन हुन सकेको थिएन।
त्रिविको केन्द्रीय क्याम्पसमा समेत दुई संगठनबीच चुनावी तालमेल भएको छ। केन्द्रीय क्याम्पसमा कीर्तिपुरमा स्ववियु निर्वाचनमा मिलेर संयुक्त रूपमा लड्ने सहमति भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एमाले विराटनगर नगरकमिटीको अध्यक्षमा गिरी निर्वाचित
-
इंग्ल्याण्डका नागरिक कैलालीमा मृत फेला
-
डोटीमा सिकार खेल्ने क्रममा गोली लाग्दा एक युवकको मृत्यु
-
सरकारले अस्पताललाई भुक्तानी दिन सकेन, स्वास्थ्य बिमा गर्नेलाई समस्या
-
अभियानको क्रममा कपिलवस्तुमा प्रचण्ड, बाणगंगामा मर्निङ वाक
-
अरु केही दिन मर्यादित भएर प्रदर्शनमा लागौं, हाम्रो विजय सुनिश्चित छ : अध्यक्ष सुवेदी