होलीलाई सुरक्षित बनाउन रौतहटमा ५१३ प्रहरी परिचालन गरिने
बिहीबार, २९ फागुन २०८१, १२ : १२

रौतहट । असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा परापूर्वकालदेखि हिन्दुहरूले मनाउने होली पर्व आज पहाड र हिमाली जिल्लाहरूमा मनाइँदै छ। तराईमा भोलि भने फागुन शुल्क पूर्णिमाको भोलिपल्ट मात्र होली मनाउने गरिन्छ ।
रौतहटमा होली पर्व सुरक्षित रूपमा सम्पन्न गराउन एसपीसहित ५१३ जना प्रहरी जनशक्ति परिचालन गरिने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
भोलि होली पर्वको दिन एसपी दिलीप घिमिरेको नेतृत्वमा प्रहरी परिचालन हुने भएका हुन् । एसपी घिमिरेले भाइचाराको पर्व होली सभ्य तरिकाले मनाउन जिल्ला बासीलाई आग्रह गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बद्री केसीविरुद्ध दायर अवहेलना मुद्दाको पेसी न्यायाधीशद्वय सुवेदी र ढकालको इजलासमा
-
टेलिमेडिसिन : मानसिक स्वास्थ्य पहुँचको नयाँ बाटो
-
आइतबार बन्यो आईपीएलको रेकर्ड तोडिने दिन
-
यमनमा अमेरिकी हवाई आक्रमण, आठ हुथी विद्रोही मारिएको दाबी
-
कर्णालीमा बजेट निर्माणको चटारो, आकार बढाउने तयारी
-
उपल्लो मुस्ताङ जोड्ने ३३ केभी प्रसारण लाइनकाे काम धमाधम