सुनिता र बुचलाई फिर्ता ल्याउने अभियान फेरि भयो स्थगित

वासिङ्टन डीसी । अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)मा महिनौँ देखि अलपत्र परेको अमेरिकी अन्तरिक्ष यात्रीहरू सुनिता विलियम्स र ब्यारी बुच विल्मोरलाई धर्तीमा फिर्ता ल्याउने अभियान फेरि स्थगित गरिएको छ ।
उनीहरूलाई फर्काउन नासा र स्पेसएक्सले संयुक्त रूपमा मिसन चलाइरहेका थिए । यिनीहरूलाई फर्काउन स्पेश एक्सको फाल्कन–९ अमेरिकाको फ्लोरिडाबाट प्रक्षेपण गरिने थियो ।
तर यानमा केही हाइड्रोलिक समस्या आएको छ, जसका कारण बुधबार यसको प्रक्षेपण स्थगित गर्नुपरेको छ । स्यानमा देखिएको समस्या कहिले समाधान हुन्छ भनेर स्पेशएक्सले अहिलेसम्म बताएको छैन । तर नयाँ अन्तरिक्ष यात्रीहरू बोकेर आईएसएसमा जाने यो यानले आउँदा सुनिता विलियम्स र बुच फिर्ता ल्याउँदै थियो । २०२४ का जुन ५ मा यी दुई आठ दिनका लागि भनेर बोइङको स्टारलाइनर अन्तरिक्ष यानको परीक्षण उडानबाट दुवै जना आईएसएस गएका थिए ।
आईएसएसनजिक पुग्दा स्टारलाइनरमा समस्या देखियो, यानको पाँच वटा थ्रस्टर बिग्रिए । सुनिता र बुच मार्च १९ र २० मा फर्कने अपेक्षा गरिएको थियो ।
तर फाल्कनको प्रक्षेपण पछाडि सरेपछि यो मिति पनि परिवर्तन हुन सक्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिक्ष यात्रीहरूलाई फिर्ता ल्याउने जिम्मेवारी स्पेशएक्समा मालिक एलन मस्कलाई सुम्पेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बबिनाको गजल ‘मदहोस’ सार्वजनिक
-
देशमा उत्पादन भएको ८८ प्रतिशतभन्दा बढी चिया निर्यात
-
रोनाल्डोले उम्मेदबारी त्यागेपछि ब्राजिलियन फुटबल महासंघको अध्यक्षमा रोड्रिग्स पुनःनिर्वाचित
-
‘चीनले संसारलाई चकित पार्ने विकास गरिसक्यो, छिमेकी भएर पनि हामीले फाइदा लिन सकेनौँ’
-
अमेरिकामा १२ अर्ब डलर लगानी गर्दैछ हुन्डाई
-
सार्वजनिक लेखा समिति सरकारको छाया बन्यो : मोदी