क्याम्ब्रिज विश्वविद्यालयले अङ्ग्रेजी परीक्षालाई कसरी मर्यादित बनाउँछ भन्नेबारे विशेष प्रस्तुति

लन्डन । ब्रिटिस काउन्सिल मुख्यालयको निमन्त्रणामा बेलायत भ्रमणमा रहेको अर्बिट आइएलटिएसको प्रतिनिधिमण्डलले स्ट्राटफार्ड लन्डनमा रहेको ब्रिटिस काउन्सिल मुख्यालय र क्याम्ब्रिज विश्वविद्यालय भ्रमण गरेको छ ।
भ्रमण दलमा रहेका अर्बिटका १३ जना व्यावसायिक साझेदारहरूलाई क्याम्ब्रिज विश्वविद्यालयको आइएलटिएस विभाग (अनुसन्धान तथा प्रमाणिकरण विभाग) का प्राचार्य डा. एन्ड्रयू ब्ल्याकहर्स्टले स्वागत तथा प्रस्तुतीकरण दिएका थिए । उनले अन्तर्राष्ट्रिय अङ्ग्रेजी परीक्षाको विषयमा प्रश्न कसरी विकास गरिन्छ र क्याम्ब्रिज विश्वविद्यालयले अङ्ग्रेजी परीक्षालाई कसरी मर्यादित र व्यवस्थित बनाउँछ भन्नेबारे विशेष प्रस्तुति दिए ।
प्राचार्य ब्ल्याकहर्स्टले आइएलटिएस परीक्षा प्रणालीमा जुनसुकै देशबाट भएपनि ब्रिटिस काउन्सिल र आइडिपी दुबैबाट आउने नतिजाको मापन एउटै हुने प्रस्ट पारे ।
सो क्रममा अर्बिटका अध्यक्ष सुनिल रेग्मीले विशेषगरि नेपालको आइएलटिएस स्पीकिङ प्रणालीमा देखिएको भिन्नता र हल्लाको विषयमा ध्यानाकर्षण गराएका थिए ।
साथै आइएलटिएस परीक्षा दिँदा चुहिने डेटा चोरी र त्यसको पहुँच कन्सल्टेन्सीसम्म पुग्ने कुराबारे पनि विशेष ध्यानाकर्षण गराए ।
ब्रिटिस काउन्सिल मुख्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख बेन वेकफोर्डले सत्यतथ्य छानबिन गर्न आइएलटिएस क्याम्ब्रीजका प्रमुख साझेदारबिच छलफल चलाइने भएको छ ।
आइएलटिएसको विश्व व्यापारको प्रमुख हिस्सा ओगटेको ब्रिटिस कमान्डको नेपालका प्रमुख व्यावसायिक साझेदार सुनिल रेग्मीले ब्रिटिस काउन्सिल मुख्यालयका प्रमुख पदाधिकारीलाई नेपाल भ्रमणको निम्ता दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस सभापति देउवा किन जाँदै छन् थाइल्यान्ड ?
-
‘आचरणसम्बन्धी व्यवस्था उल्लंघन नगरे कालोसूचीमा परिँदैन’
-
चिनियाँ कम्युनिस्ट पार्टी बदल्ने राष्ट्रपति सीका ८ नियमबारे नेपालमा चर्चा
-
संयुक्त जनआन्दोलन समितिले ७७ वटै जिल्लामा सङ्गठन विस्तार गर्ने
-
बाँकेको कोहलपुरमा फेन्सी पसलमा आगलागी
-
मौरीपालक किसानको सङ्ख्या बढ्यो, उत्पादन भने घट्यो