ललितपुरको कुपण्डोलमा महर्षि ल कलेज स्थापना
_u2VxJthk6o.jpg)
काठमाडौँ । ललितपुरको कुपण्डोलमा ल कलेज खुलेको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर महर्षी ल कलेज स्थापना गरिएको हो । कलेजको अध्यक्षमा शिक्षाविद् प्रा.डा.ज्ञानेन्द्र पौडेल तथा क्याम्पस प्रमुखमा सह प्राध्यापक डा.जगत बन्धु पराजुली छन् ।
कलेजमा कानुनी क्षेत्रमा लामो अनुभव भएका प्राध्यापकहरू र बरिष्ठ अधिवक्ताहरु आवद्ध छन् । कलेजमा विद्यार्थीहरूलाई वैज्ञानिक र व्यावहारिक शिक्षण पद्धति अनुसार कानूनी अध्ययन गराइने र त्यसले उनीहरूलाई भविष्यमा दक्ष कानुन व्यवसायी तथा अनुसन्धानकर्ता बन्न सहयोग गर्ने अध्यक्ष प्रा.डा.पौडेलले बताए ।
कलेज प्रशासनले पहिलो वर्षको लागी वी.एल.एल.वी. संकायमा भर्ना आह्वान गरेको छ । क्याम्पस प्रमुख सहप्राध्यापक डा. पराजुलीले शिक्षा व्यवसाय नभएर सेवा हो भन्ने भावना राखेर महर्षि कलेज स्थापना गरेको जानकारी दिए ।
कानुन विषयको शिक्षा महँगो बन्दै गएको बर्तमान अवस्थामा सुलभ मुल्यमा गुणस्तरीय शिक्षा प्रदान गरिने कलेजकी परामर्शदाता अधिवक्ता अमृता देवकोटाले बताइन् ।
उनले भनिन्, ‘कानुन अध्यापन गरिने अरु कलेजको तुलनामा सहुलियत शुल्कमा उच्चस्तरीय शिक्षा प्रदान गर्ने हाम्रो लक्ष्य हो ।’ त्यस्तै अभ्यासमुखी शिक्षण प्रविधि लागू गरिने सो कलेज व्यवस्थापनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरको बेलौरीमा जलेको अवस्थामा शव फेला
-
संक्रमणकालीन न्याय : दुई आयोगमा क-कसको पर्यो आवेदन ? (सूचीसहित)
-
भारतीय ऊर्जामन्त्री खट्टर नेपालमा (तस्बिरहरू)
-
शिक्षामन्त्री बन्न लागेको चर्चाप्रति के भन्छिन् अन्जान शाक्य ?
-
दानव नदीमा बेपत्ता थप २ बालकको शव फेला
-
विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपालमा (तस्बिरहरु)