जेम्स रोड्रिग्वेज भन्छन्, ‘म जिनेदिन जिदान, लुका मोड्रिच र टोनी क्रुसभन्दा पनि महान खेलाडी हुँ’

काठमाडौँ । कोलम्बियाका चर्चित फुटबलर जेम्स रोड्रिग्वेजले दिग्गज खेलाडीहरुको बारेमा दिएको एक प्रतिक्रियाले अहिले सञ्चारमाध्यममा व्यापक चर्चा पाइरहेको छ ।
कोलम्बियन राष्ट्रिय टोलीका सदस्यसमेत रहेका ३३ वर्षीय आक्रामक मिडफिल्डर रोड्रिग्वेजले आफू फ्रान्सका पूर्वखेलाडी जिनेदिन जिदानभन्दा पनि महान खेलाडी भएको प्रतित्रिया दिएका थिए ।
सञ्चारकर्मीसँगको कुराकानीमा रोड्रिग्वेजले जिदानमात्र होइन, आफू क्रोएसियन खेलाडी लुका मोड्रिच र चर्चित जर्मन मिडफिल्डर टोनी क्रुसभन्दा पनि प्रभावशाली खेलाडी भएको बताएका थिए ।
रोड्रिग्वेज सन् २०१४ को विश्वकपमा चर्चित बनेका थिए । उनले उक्त विश्वकपमा उरुग्वेविरुद्ध उत्कृष्ट गोल गरेका थिए । त्यो विश्वकपमा उनी कुल ६ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका थिए ।
सोही विश्वकपपछि उनी उनी स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिमा आबद्ध हुन पुगेका थिए । उनी रियल म्याड्रिडमा खेलाडीको भूमिकामा रहँदा जिदान क्लबका प्रशिक्षक थिए ।
सोही अवधिमा लुका मोड्रिच र टोनी क्रुस पनि रियल म्याड्रिडबाटै व्यसायिक फुटबल खेल्थे । सञ्चारकर्मीले हालै रोड्रिग्वेजसँग रियल म्याड्रिडमा उनको करियर र विश्वका उत्कृष्ट खेलाडीको बारेमा प्रश्न गरेका थिए ।
सोही प्रश्नको जवाफ दिने क्रममा रोड्रिग्वेजले आफूलाई जिदान, मोड्रिच र क्रुसभन्दा पनि प्रभावशाली खेलाडीको सूचिमा राखेका हुन् । उनले आफूले आदर्श मान्ने खेलाडीको सूचिमा भने एमबाप्पे, बलिङ्घम र भिनिसियसलाई राखेका छन् ।
रोड्रिग्वेजले बलिङ्घमको निकै प्रसंशा गरे । उनले बलिङ्घम भविष्यमा यो ग्रहकै सर्वोत्कृष्ट खेलाडी बन्ने धारणा पनि व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र मन्त्रालयको सवारी मर्मतमा पाँच करोड ३२ लाख र इन्धनमा ५ करोड ३३ लाख खर्च
-
डिजिटल चीन निर्माणको कार्ययोजना सार्वजनिक
-
हेरा फेरी-३ बाट बाहिरिए ‘बाबु राव’
-
बलात्कार मुद्दामा फसेका अभिनेता एजाज खानको समस्या बढ्यो, अग्रिम जमानत अस्वीकार
-
‘मैले पढेका अचम्मै सुन्दर किताबमध्ये ‘म्यान्स सर्च फर मिनिङ’ एक नम्बरमा पर्न गयो’
-
वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट