त्रिवि केन्द्रीय क्याम्पसमा अध्यक्षका उम्मेदवार भुसाल कालोपट्टि बाँधेर धर्नामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्ववियु सभापतिका उम्मेदवार पद्मा भुसाल कालोपट्टि बाँधेर धर्नामा बसेकी छन् । स्ववियु निर्वाचनको सुनिश्चितता माग गर्दै स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएकी भुसाल आँखामा कालोपट्टि बाँधेर प्रिन्सिपल कार्यालय अगाडि धर्नामा बसेकी हुन् ।
आजका लागि तय भएको निर्वाचन केन्द्रीय क्याम्पसमा चैत ८ गतेका लागि तोकिएको छ । तर, कार्यतालिका बमोजिम प्रक्रिया अघि नबढेका कारण निर्वाचनको सुनिश्चितता माग गर्दै आफू धर्नामा बसेको उनको भनाइ छ ।
त्रिविमा तालाबन्दी हुँदा पनि प्रशासन निरीह बनेको, निर्वाचन समितिलाई स्वार्थ अनुसार प्रयोग गरिएको उनको आरोप छ । यसअघिको स्ववियु निर्वाचनमा भुसाल नेविसंघकबाटै कोषाध्यक्षमा निर्वाचित भएकी थिइन् । टिकट नपाएपछि उनले यो पटक स्वतन्त्र रूपमा अध्यक्षमा उम्मेदवारी दिएकी हुन् ।
नेविसंघको आन्तरिक विवादका कारण प्रिन्सिपल कार्यालयको स्ववियु निर्वाचन प्रभावित भएको हो । निर्वाचन समितिले दीपकराज जोशीको उम्मेदवारी सदर गर्दै अनोज कार्कीको उम्मेदवारी खारेज गरेको थियो । उनको समूहले प्रिन्सिपल कार्यालयमा ताला लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटकको रोजाइमा ‘गर्मी ठाउँका शीतल गन्तव्य’
-
‘अपरेसन सिन्दुर’ भारतको बढ्दो सैन्य सामर्थ्यको प्रदर्शन
-
मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
-
इजलासमा रवीन्द्र मिश्रका वकिलले सम्झिए बाबुराम, शेरबहादुर र ५२ सालको त्याे घटना
-
भूमि सम्बन्धी विधेयकमा उपेन्द्र यादवको आपत्ति
-
यस्ता छन् निजामती विधेयकमा गरिएका १० नयाँ व्यवस्था