सङ्कटालाई हराउँदै आर्मी राष्ट्रिय महिला फुटबलको सेमिफाइनलमा

चितवन। त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले सङ्कटा एफसी काठमाडौँलाई २–० गोल अन्तरले पराजित ग¥यो । आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको सङ्कटा दोस्रो हाफमा भने गोल खान पुग्यो । खेलको ५७औँ मिनेटमा हिमाले डि बक्स बाहिरबाट सन्दर गोल गर्दै आर्मीलाई अग्रता दिलाइन् । अतिरिक्त समयको पहिलो मिनेटमा चन्द्राले आर्मीका लागि दोस्रो गोल गरिन् । विमला थापाको पासमा चन्द्राले गोल गरेपछि आर्मी २–० ले विजयी भयो । आर्मीकी हिमा प्लेयर अद दी म्याच भइन् ।
यो खेल सँगै सेमिफाइनल समीकरण पूरा भएको छ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा बुधबार भरतपुर २४ र एपिएफ एफसी भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ । दोस्रो सेमिफाइनलमा बिहीबार आर्मीले रौतहटको सामना गर्नेछ । चितवन जिल्ला फुटबल सङ्घको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवद्र्धनमा जारी प्रतियोगिताको विजेताले ट्रफीसहित रू तीन लाख तथा उपविजेताले रू एक लाख ५० हजार प्राप्त गर्नेछ ।
यस्तै सर्वोत्कृष्ट खेलाडीले ४० तथा विधागत उत्कृष्टले २० तथा हरेक दिनको प्लेयर अफ दि म्याचले रू १० हजार प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी