सुनिता र बुचको सफल पुनरागमनबारे के भन्छन् एलन मस्क ?

वासिङ्टन डीसी । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर ९ महिना १४ दिनपछि धर्तीमा फर्किएका छन् । ८ दिनका लागि भनेर अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस) मा गएका यी दुईले झन्डै साढे नौ महिनामा धर्तीमा टेके ।
पटक पटक उनीहरूलाई फर्काउने योजना सरेपछि अन्ततः एम्लन मस्कको स्पेसएक्स र अमेरिकी अन्तरिक्ष अन्वेषण एजेन्सी (नासा) ले मिलेर दुबैलाई फर्काउने अभियान चलाएका थिए ।
सुनिता र बुच सफलतापूर्वक धर्तीमा अवतरण गरेपछि मस्कले स्पेशएक्स र नासाको टोलीलाई बधाई दिएका छन् । ‘अर्को पटक पनि सुरक्षित रूपमा अन्तरिक्ष यात्री फिर्ता ल्याउन सफल भएकोमा स्पेसएक्स र नासा टोलीहरूलाई बधाई छ,’ उनले सामाजिक सञ्जाल प्लेटफर्म स्पेसएक्समा लेखे ।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि धन्यवाद दिए । सुनिता विलियम्स र बुच विल्मोर २०२४ को जुन ५ मा बोइङको स्टारलाइनर यानमार्फत आईएसएसमा गएका थिए । बोइङको यो अन्तरिक्ष यान मान्छे बोकेर पहिलो पटक अन्तरिक्षमा गएको थियो ।
त्यहाँ आठ दिन बिताएपछि उनीहरू फर्कने योजना थियो । तर अन्तरिक्षयानमा स्टारलाइनरबाट हिलियम चुहिएको अनि पाँच वटा थ्रयटरमा समस्या भएपछि उनीहरूको फिर्ती रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ लाख रुपैयाँको लागुऔषध ट्रामाडोलसहित २ जना प्रहरीकाे नियन्त्रणमा
-
बालेनले उठाए गम्भीर सवाल: सरोज गुरागाईंले गोप्य तरिकाले नक्सा पास गर्नुपर्ने के थियो कारण ?
-
परियोजनाको प्राथमिकताको आधारमा बजेट छुट्ट्याउनुपर्छ : डा.प्रकाशशरण महत
-
बागमतीमा धमाधम बजेट निर्माण, कुन मन्त्रालयलाई कति सिलिङ ?
-
थाइल्यान्ड जानुअघि प्रचण्डलाई देउवाको फोन
-
पहलगाम हमला : भारतमा काम गरिरहेका पाकिस्तानी कलाकारहरू समस्यामा, चलचित्र संघको प्रतिबन्ध