पतिको हत्या, प्रेमीसँग हनिमुन : यसरी खुल्यो रहस्य

लखनउ । भारतको उत्तर प्रदेश राज्यको मेरठ निवासी मुस्कानले सन् २०१५ मा सौरभ राजपुतसँग प्रेम गरिन् । सन् २०१६ मा उनीहरूले आपसी प्रेमलाई विवाहमा परिणत गरे ।
दुवैको एक छोरी छन्, जो अहिले दुई कक्षामा पढ्दैछिन् । सौरभ एक व्यावसायिक पानीजहाजमा अफिसरका रूपमा काम गर्दथे ।
सौरभ लामो समयसम्म सामुद्रिक यात्रामा रहने भएकाले मुस्कान मेरठमै भाडाको घरमा छोरीसँग बस्दै आएकी थिइन् ।
सन् २०१९ मा मुस्कानको जीवनमा साहिल नाम गरेका युवकको प्रवेश भयो । मुस्कान बसेकै टोलमा साहिल पनि बस्दथे । सुरुवातमा दुवैबिच मित्रताको सम्बन्ध थियो । तर बिस्तारै उनीहरुबिच प्रेम सम्बन्ध बढ्न थाल्यो ।
२५ फेब्रुअरीमा मुस्कानको जन्मदिन थियो । आफ्नो जन्मदिनलाई विशेष बनाउने तयारीमा मुस्कान थिइन् । साहिलसँगको प्रेममा डुबिसकेकी मुस्कानले पति सौरभको हत्याको योजना बनाइन् ।
मेरठका एसपी आयुषविक्रम सिंहका अनुसार सौरभ ४ मार्चमा मेरठ आएका थिए । त्यतिबेला नै उनको हत्या भएको सिंहको भनाइ छ ।
४ मार्चको राति सौरभ घरमा सुतिरहेका थिए । मुस्कानसँगै सल्लाहमा साहिलले सौरभमाथि चक्कु प्रहार गरे । केहीबेरमै सौरभको मृत्यु भयो ।
मुस्कानले आफू पति सौरभसँग हिमाचल घुम्न जान लागेको हल्ला फिँजाइन् । त्यसपछि घरमा ताला लगाएर उनी हिँडिन् । त्यसअघि उनले एउटा प्लास्टिकको ड्रम किनेर ल्याएकी थिइन्, जसमा सौरभको शवलाई टुक्रा पारेर राखियो र माथिबाट सिमेन्टको घोल हालेर त्यसलाई ठोस आकार दिइयो ।
सौरभको हत्यापछि मुस्कान र उनका प्रेमी साहिल तीन दिनसम्म मनालीमा बसे । त्यहाँ दुवैले हनिमुन मनाएको बताइन्छ ।
मुस्कानले पतिको हत्या सम्बन्धमा कसैलाई शंका नहोस् भनेर निकै चलाखीपूर्ण तरिकाले काम गरे पनि आमालाई भने यसबारे जानकारी दिएकी थिइन् ।
मुस्कानकी आमाले नै प्रहरीलाई यसबारे जानकारी दिइन् । प्रहरीले मुस्कानलाई नियन्त्रणमा लिएर सोधपुछ ग-यो । सुरुमा आत्तिएकी उनले झुट बोलेर प्रहरीलाई अलमल्याउन खोजिन् । प्रहरीले साहिलसँग पनि सोधपुछ ग-यो । तर साहिलले उक्त घटना लुकाउन सकेनन् ।
त्यसपछि प्रहरीले सौरभको घरमा पुगेर ड्रम खोल्यो । ड्रमभित्र ठोस सिमेन्ट भरिएको थियो । कडा मेहनतपछि प्रहरीले सिमेन्टले ढाकिएको शव बरामद गरी पोस्टमार्टमका लागि पठायो ।
मुस्कान र उनका प्रेमीलाई नियन्त्रणमा लिएर हत्या र षडयन्त्र रचेको लगायतका विभिन्न धारामा मुद्दा दर्ता गरिएको मेरठका एसपी सिंहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते
-
सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त
-
शोभाकान्त पौडेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय
-
क्याबिनेट निर्णय : गभर्नर सिफारिस समिति पुनर्गठन, विश्वको ठाउँमा पाण्डे
-
सत्ताधारी दलहरूभित्रकै किचलो र स्वार्थ समूहहरूको दबाबमा गभर्नर नियुक्ति अलपत्र : डा.बाबुराम भट्टराई
-
५५ वर्षको उमेरमा नागरिकता प्राप्त