संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न कटिबद्ध छौँ : सेना

काठमाडौँ । विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत संगठनलाई जोडेर विभिन्न प्रकारका टीकाटिप्पणी हुन थालेसँगै नेपाली सेनाले आफ्नो धारणा सार्वजनिक गरेको छ ।
बुधबार एक सार्वजनिक अनुरोधपत्र मार्फत सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको लागि संविधान प्रदत्त जिम्मेवारीहरू पूरा गर्न सदैव कटिबद्ध रहेको स्पष्ट पारेको छ ।
सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रमहरूमार्फत सार्वजनिक गर्दै आएको पनि स्पष्ट पारेको छ ।
अनुरोधपत्रमा सेना सम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गर्न पनि सम्बद्ध सबैमा आग्रह गरिएको छ ।
विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सेना गणतन्त्रप्रति प्रतिबद्ध नभएको आशयसहित भ्रामक सूचना सम्प्रेषण भएसँगै सेनाले मुख खोलेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस स्वतन्त्रताको नाममा नेपालमा अराजकता बढ्यो: सञ्चारमन्त्री गुरुङ
-
करेन्ट लागि ज्यान गुमाएका अमिनको परिवारलाई पाँच लाख सहयोग
-
अर्थमन्त्री पौडेललाई यातायात व्यवसायीको ध्यानाकर्षण पत्र
-
‘पीआर’को सकियो छायाङ्कन
-
अध्यक्षका लागि ५ जनाको दाबेदारी, तर उमेरहदको डर
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची