संसद् बैठक
‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम सांसद साहद्वारा बहिष्कार
बिहीबार, ०७ चैत २०८१, २२ : १९

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम सांसद प्रभु साहले बहिष्कार गरेका छन् । अघिल्लो प्रश्नोत्तर कार्यक्रममा साहले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले दिएका थिएनन् ।
आजकै बैठकको आकस्मिक समयमा बोल्दै सांसद साहले कार्यसूचीबाटै ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम हटाउन आग्रह गर्दै बहिष्कार गर्ने चेतावनी दिएका थिए । तर, माग सम्बोधन नभएपछि साहले बैठक बहिष्कार गरेका हुन् । उनी संसद् बैठकबाट बाहिरिएका छन् । सांसद साहले यसलाई औचित्यहीन भएको बताउँदै आएका छन् ।
प्रधानमन्त्रीबाट जवाफ नआउनुले सिङ्गो संसद्, सभामुखको गरिमामा समेत प्रश्न उठेको साहले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु परिवर्तनको विषयमा नेपालसँग विश्व प्रतिबद्ध छ : परराष्ट्रमन्त्री
-
‘नरसिंहाः अवतार’ को ‘मेरी प्यारी छोरी’ गीतमा राजेश र एल्भिनाको आत्मियता
-
उच्च अदालत पोखराले पठायो रविलाई पेसीको जानकारी
-
कांग्रेस सभापति देउवा र माओवादी नेता शर्माबिच भेटवार्ता
-
एअरफोनको प्रयोग : बहिरोपनाको खतरा !
-
बलिउड अभिनेत्री फतेहीको २३ सदस्यीय टोली नेपाल आइपुग्यो