थारु, मुस्लिमलगायत समुदायको आरक्षणको माग सम्बोधन हुन्छः प्रधानमन्त्री
_NmcgEAccEL.jpg)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय निजामती सेवा ऐन जारी भएपश्चात् थारु, मुस्लिमलगायतका अन्य पक्षको आरक्षणका विषय सम्बोधन हुने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रममा प्रश्नकर्ता सांसद बिनाकुमारी थनैतले थारु समुदायलाई छुट्टै वर्गका रुपमा आरक्षणको व्यवस्था नगरिएको र निजामती सेवा ऐन जारी गर्न भइरहेको ढिलाइबारे प्रश्न गरेकी थिइन् ।
प्रधानमन्त्री ओलीले सांसद थनैतको प्रश्नको जवाफ दिँदै सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० पारित भएर ऐन जारी भएपश्चात् थारु, मुस्लिम लगायतका अन्य पक्षको आरक्षण लगायतका विषय सम्बोधन हुने बताए ।
निजामती सेवा ऐनमा समेत थारु समुदायलाई आदिवासी समुदायमा राखी आरक्षणको अवसर प्रदान गरिएको छ भन्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन पश्चात् मन्त्रिपरिषद्बाट विभिन्न सार्वजनिक पदमा नियुक्ति गर्ने क्रममा समावेशी सिद्धान्तलाई अवलम्बन गरिएको सांसदहरुलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार समस्याको समाधानतर्फ नगई उल्टै जटिलता बढाउने दिशामा गयो : प्रचण्ड
-
‘जब गिरिजाबाबु र शेरबहादुरजी ‘बेबी किङ’प्रति सफ्ट हुनुभयो’
-
२०६३ वैशाख ११ गते सम्बोधनमा के भनेका थिए ज्ञानेन्द्र शाहले ?
-
ओभरटेक गर्ने क्रममा बस दुर्घटना, १३ जना घाइते
-
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै
-
माओवादी संसदीय दलको बैठक जारी