तेल कम्पनीको मानमर्दन मामिलाः ग्रिनपिसलाई ६६ करोड डलरभन्दा बढी जरिवाना

वासिङटनडीसी । उत्तरी डाकोटाका न्यायाधीशहरुले वातावरणवादी समूह ग्रिनपिसलाई करोडौं डलर जरिवाना तिराएका छन् ।
अमेरिकाको इतिहासको सबैभन्दा ठूलो खनिज इन्धन विरोधी विरोध प्रदर्शनमा समूहको भूमिकालाई लिएर तेल कम्पनीलाई ६६ करोड डलरभन्दा बढी क्षतिपूर्ति तिर्न आदेश दिइएको छ । एक दशकअघि डाकोटा एक्सेस पाइपलाइन विरुद्ध भएको विरोध प्रदर्शनमा इनर्जी ट्रान्सफरले ग्रिनपिसमाथि अतिक्रमण, उप्रदो र नागरिक षडयन्त्र रचेको आरोप समेत लगाएको थियो ।
कम्पनीलाई वित्तीय क्षति गराउन रचिएको गैरकानूनी र हिंस्रक षडयन्त्रको पछाडि ग्रिनपिस रहेको राज्य अदालतमा दायर मुद्दामा भनिएको थियो । ग्रिनपिसले यो फैसलाको विरुद्धमा पुनरावेदन गर्ने बताएको छ । फैसलाले समूह टाट पल्टिने र ५० वर्षयता चल्दै आएको अभियान ठप्पै हुने चिन्ता गत महिना नै गरिएको थियो । एक दशक अघिको उक्त प्रदर्शनको अगुवाई पाइपलाइनको विरोध गर्ने स्थानीय नेताहरूले गरेको समूहको दाबी थियो ।
दुई दिनको बहसपछि बुधबार नौ सदस्यीय जुरीले उक्त फैसला सुनाएको थियो । ग्रिनपिसको गतिविधिका कारण इनर्जी ट्रान्सफरलाई २४ करोडदेखि २६ करोड ५० लाखसम्मको क्षति भएको कम्पनीको वकिल ट्रे कक्सले निष्कर्षमा भनेका थिए । उनले जुरीसँग कम्पनीलाई यो रकमसहित अतिरिक्त क्षतिको भर्पाई गराइदिन समेत भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते
-
राज्य जिम्मेवारीबाट पन्छिँदा कालोसूचीमा पर्नेहरू बढे
-
कांग्रेस सभापति देउवा किन जाँदै छन् थाइल्यान्ड ?
-
‘आचरणसम्बन्धी व्यवस्था उल्लंघन नगरे कालोसूचीमा परिँदैन’
-
चिनियाँ कम्युनिस्ट पार्टी बदल्ने राष्ट्रपति सीका ८ नियमबारे नेपालमा चर्चा
-
संयुक्त जनआन्दोलन समितिले ७७ वटै जिल्लामा सङ्गठन विस्तार गर्ने