भलिबलका दुई ठुला प्रतियोगिता नेपालमा आयोजना हुने
बिहीबार, ०७ चैत २०८१, १६ : १३

काठमाडौँ । सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) ले सन् २०२५ मा नेपालमा दुईवटा प्रतियोगिता आयोजना गर्ने भएको छ । काभाले बिहीबार सार्वजनिक गरेको आफ्नो वर्षिक खेल कार्यक्रममा दुईवटा प्रतियोगिता नेपालमा आयोजना गर्ने उल्लेख छ ।
काभाले आगामी अक्टोबरमा ‘काभा महिला नेशन्स लिग’ नेपालमा आयोजना गर्नेछ । उक्त प्रतियोगिताका अक्टोबर ११ देखि १७ तारिखसम्म काठमाडौँमा आयोजना हुने बताइएको छ ।
यसैगरी काभाले आगामी डिसेम्बरमा ‘काभा महिला च्याम्पियन्स लिग’ नेपालमा आयोजना गर्ने भएको छ । उक्त प्रतियोगिता डिसेम्बर १ देखि ७ तारिखम्म काठमाडौँमा सञ्चालन हुनेछ ।