नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरा

काठमाडौँ । नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको आयोजनामा चैत ८ र ९ गते हुने वोङ्छु पिक एण्ड मुसा मसला नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप २०२५ को तयारी पूरा भएको छ ।
आयोजकले बिहीबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
प्रतियोगिता कामपा वडा नं. १६ कालधारा पकनाजोलस्थित काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा सञ्चालन हुने प्रतियोगितामा पुरुष १३ र महिला ६ गरी कूल १९ खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिता उद्घाटन चैत ८ गते शुक्रबार बिहान ८ बजे हुनेछ । सुरुमा खेलाडीहरुलाई प्रतियोगिताको स्वरुप बारे जानकारी गराइनेछ ।
त्यसपछि पुरुष र महिलाको क्वालिफिकेसन राउण्ड सञ्चालन हुनेछ । जसबाट पुरुष ८ र महिला ६ खेलाडी अन्तिम चरणमा छनोट गरिनेछ । दोस्रो दिन अन्तिम चरणका खेलहरु हुनेछ ।
पुरुष र महिला दुवैमा विजेताले नगद ५० हजार, उपविजेताले ३० तथा तेस्रो हुनेले २० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिता स्पोर्ट क्लाम्बिङको अन्तर्राष्ट्रिय महासंघ आईएफएससीको नियम अनुसार सञ्चालन गरिने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते
-
सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त
-
शोभाकान्त पौडेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय
-
क्याबिनेट निर्णय : गभर्नर सिफारिस समिति पुनर्गठन, विश्वको ठाउँमा पाण्डे
-
सत्ताधारी दलहरूभित्रकै किचलो र स्वार्थ समूहहरूको दबाबमा गभर्नर नियुक्ति अलपत्र : डा.बाबुराम भट्टराई
-
५५ वर्षको उमेरमा नागरिकता प्राप्त