कविता समाजलाई सुसूचित गर्ने महत्त्वपूर्ण माध्यम: पूर्वराष्ट्रपति भण्डारी
शनिबार, ०९ चैत २०८१, १७ : ०२

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कविता समाजलाई सुसूचित गर्ने महत्त्वपूर्ण माध्यम भएको बताएकी छन् । शनिवार काठमाडौँमा कति तीर्थ श्रेष्ठको एकल कविता वाचन कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले कवितामा व्यक्त आशय र विचारहरू यथार्थमा आधारित हुने बताएकी हुन् ।
भण्डारीले भनिन्, ‘कवितामा व्यक्त जो आशय र विचारहरू छन्, यथार्थमा आधारित कुराहरू छन् । त्यो यथार्थ कुरा समाजलाई जानकारी गराउने विभिन्न माध्यमहरू हुन्छ । कविता यस्तो प्रभावशाली माध्यम हो, जसबाट हामीले एकैछिनमा संसारलाई बुझ्ने अवसर प्राप्त हुन्छ । हामीले देश र संसारलाई कतिवतामार्फत बुझ्न पायौँ ।’
उनले कविता वाचन जस्ता कार्यक्रमहरू आगामी दिनमा देशव्यापी रूपमा हुँदै जानुपर्नेमा जोड दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र मन्त्रालयको सवारी मर्मतमा पाँच करोड ३२ लाख र इन्धनमा ५ करोड ३३ लाख खर्च
-
डिजिटल चीन निर्माणको कार्ययोजना सार्वजनिक
-
हेरा फेरी-३ बाट बाहिरिए ‘बाबु राव’
-
बलात्कार मुद्दामा फसेका अभिनेता एजाज खानको समस्या बढ्यो, अग्रिम जमानत अस्वीकार
-
‘मैले पढेका अचम्मै सुन्दर किताबमध्ये ‘म्यान्स सर्च फर मिनिङ’ एक नम्बरमा पर्न गयो’
-
वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट