मोरङको बेलबारी क्याम्पसको स्ववियु सभापतिमा क्रान्तिकारीका कपिल विष्ट निर्वाचित
शनिबार, ०९ चैत २०८१, २० : ५४

विराटनगर । मोरङको बेलबारी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीका कपिल विष्ट सभापतिमा निर्वाचित भएका छन् ।
एमाले निकट अनेरास्ववियुका प्रशान्त पोखरेललाई ३४ मतान्तरले पराजित गर्दै विष्ट निर्वाचित भएका हुन् । स्ववियुको सचिवमा भने अनेरास्ववियुका अर्जुन कोइराला विजयी भएका छन् । कोषाध्यक्षमा क्रान्तिकारीकै नवराज थापा निर्वाचित भएका छन् ।
बेलबारी क्याम्पसमा अघिल्लो पटक नेपाल विद्यार्थी संघको नेतृत्वमा सर्वसम्मत स्ववियु गठन भएको थियो । आन्तरिक विवादको कारण यस पटक भने नेविसंघले संगठन नै दर्ता गर्न सकेन । बेलबारी क्याम्पसमा आज निर्वाचन भएको थियो । योसँगै अखिल क्रान्तिकारीले मोरङमा मात्रै ६ वटा क्याम्पसको स्ववियु सभापति जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् प्राधिकरणमा ‘चोर आतंक’
-
कैलालीमा बस र माइक्रो ठोक्किँदा १० जना घाइते
-
‘सिपाहीको कलमबाट अङ्क २’ पुस्तकबारे छलफल
-
गुणाकर गभर्नर बन्न किन अयोग्य ? खतिवडालाई उदाहरण बनाएर अधिवक्ताले देखाएका यी तीन कारण
-
गेटा आँखा अस्पताल बाजुराको मार्तडी शाखा प्रमुख लागुऔषधसहित पक्राउ
-
संविधानमा सुनिश्चित अधिकार महिलाले पाएनन् : मन्त्री सुडी