साउदीमा वार्ताको तयारी भइरहँदा युक्रेनमा रुसद्वारा घातक ड्रोन आक्रमण

काठमाडौं । साउदी अरेबियामा युद्धविरामको औपचारिक सहमतिका लागि वार्ताको तयारी भइरहँदा रुसले युक्रेनमा घातक ड्रोन आक्रमण गरेको छ । स्थानीय अधिकारीहरुका अनुसार युक्रेनको जापोसिज्जया शहरमा रुसी ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको छ । सो ड्रोन आक्रमणमा अन्य १२ जना घाइते भएका छन् ।
क्षेत्रीय गभर्नर इवान फेडोरोभका अनुसार आवासीय क्षेत्रमा भएको आक्रमणले घर भवन संरचना, कार तथा सार्वजनिक स्थलमा क्षति पुगेको छ । तस्विरमा जीवित रहेका व्यक्तिहरुको खोजी गरिरहेको देखिएको छ ।
तीन वर्षदेखि चलिरहेको युद्ध रोक्न भन्दै सोमबार रुस र युक्रेनी प्रतिनिधिमण्डलले साउदी अरेबियामा अमेरिकी अधिकारीहरुको रोहवरमा भिन्दा–भिन्दै बैठक गर्ने तयारी भइरहँदा रुसले ड्रोन आक्रमण गरेको हो ।
हाल रुस युक्रेन सैद्धान्तिक रुपमा सिमित युद्धविराम गर्न सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार सम्बन्धित देशका नेतासँग गरेको संवादले सकारात्मक वातावरण निर्माण भए पनि वास्तविक लक्ष्यमा को कति प्रतिवद्ध हुनेछन् भन्ने अझै पनि अन्योल छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका कमीकमजोरी भए सुधार गर्दै अघि बढ्छौँ : सभापति देउवा
-
‘मदन भण्डारीको योगदानको समीक्षा र कम्युनिस्ट एकता अपरिहार्य’
-
लक्ष्मी उप्रेतीले श्रीमान्सँग छुट्टिएर तीन सन्तान हुर्काइन्, ४० कृति जन्माइन्
-
पार्टी निर्माणकै चरणमा छौँ, देशभर विस्तार हुन सकेको छैन : वरिष्ठ उपाध्यक्ष पाण्डे
-
विद्युत् पोलमा काम गरिरहेका मजदुरको करेन्ट लागेर मृत्यु
-
जबजकै कारण एमाले मुलुकको निर्णायक शक्ति बन्यो : महासचिव पोखरेल