भन्सार छलेको १९ थान आईफोन सहित न्यूरोडबाट युवक पक्राउ
आइतबार, १० चैत २०८१, २१ : ४३

काठमाडौं । काठमाडौंको न्यूरोडबाट प्रहरीले भन्सार छलेर ल्याएको आईफोन सहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार घर भएका २९ वर्षीय मोहमद शाकिव खान छन् ।
उनको साथबाट भन्सार छलेको १९ थान आईफोन सहित विभिन्न कम्पनीका २९ थान मोबाइल बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
काठमाडौं महानगरपालिका–६ ग्राण्डी बस्दै आएका खानले नक्कली नेपाली नागरिकता पनि बनाएको आशंका गरिएको छ । नागरिकता नम्बरको आधारमा त्यसबारे पनि अनुसन्धान भइरहेको एसपी आचार्यले बताए ।
उनलाई भन्सार छलेको मोबाइल बेचविखन गरेको कसुरमा कारबाही गर्न प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पठाएको छ । त्यसपछि लिखत सम्बन्धी कसुरमा पनि अनुसन्धान अघि बढाइने एसपी आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
-
कालीगण्डकी डाइभर्सनविरुद्ध तल्लो तटीय क्षेत्र, १० पालिकाको विरोध
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
झापाका किसान गहुँ खेती छोडेर मकैतर्फ आकर्षित
-
स्थानीय र पश्चिमी वायुमा थपियो भारतको न्यूनचापीय प्रणाली, सातै प्रदेशमा वर्षा हुने