समाचार
कुलमान हटाउने सरकारको निर्णयमा ऊर्जाराज्य मन्त्री असन्तुष्ट
सोमबार, ११ चैत २०८१, २२ : ४८

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको नेतृत्वबाट कुलमान घिसिङलाई हटाउने निर्णयप्रति ऊर्जाराज्यमन्त्री असन्तुष्ट बनेका छन् । विभागीय मन्त्री दीपक खड्काको प्रस्तावमा सोमबारको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाउने निर्णय गरेपनि राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) भने असन्तुष्ट बनेका हुन् ।
स्रोतका अनुसार कान्छारामले सरकारको निर्णय गलत भएको आफू निकटस्थलाई बताएका छन् । ‘मैले विगतदेखि नै कुलमानलाई हटाउनु हुँदैन भन्दै आएको हो । सुनुवाइ भएन । तर यो गलत छ’, उनले निकटस्थलाई भनेका छन् । अब कुलमान अदालत जाने बाटो खुलै रहेको भन्दै उनले कुलमानको प्राधिकरणमा रहने बाटो अझैपनि जनता र अदालतको हातमा रहेको बताएका छन् ।
मन्त्रिपरिषद्को निर्णयपछि कान्छारामलाई रातोपाटीले सम्पर्क गर्दा यत्ति भने, ‘सरकारले निर्णय गरिसक्यो । मेरो के प्रतिक्रिया रह्यो र !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी