कुलमानलाई हटाउनु लज्जास्पद कुकर्मको पराकाष्ठ : नारायणकाजी

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले मुलुकलाई संकटबाट जोगाउनु पर्ने भन्दै सार्वजनिक अपिल गरेका छन् ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको सन्दर्भमा विरोध गर्दै पूर्व उपप्रधानमन्त्री श्रेष्ठले देशलाई संकटबाट बचाउन सबैले संगठित भूमिका निर्वाह गर्नु पर्ने आह्वान गरेका हुन् । सामाजिक सञ्जाल फेसबुक (मेटा)मा पोष्ट गर्दैै उनले सरकारी निर्णयको सार्वजनिक रुपमा विरोध गरिनु पर्ने उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘देश र जनताको हित विरुद्ध नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लाई पदबाट बर्खास्त गर्ने सरकारको दुरासयपूर्ण ,स्वेच्छाचारी एवं निरङ्कुश निर्णयको जति निन्दा एवं भत्र्सना गरे पनि कम हुन्छ । यो कदम सुशासनको धज्जी उडाउँदै देशलाई थप संकटमा धकेल्दै लैजाने सरकारको लज्जास्पद कुकर्मको पराकाष्ठ हो । देशलाई संकटबाट बचाउन यस प्रकारको घोर आपत्तिजनक कार्य, प्रवृत्ति र शक्तिलाई परास्त गर्न सबैले संगठित भूमिका खेल्नु आजको आवश्यकता हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५५ वर्षको उमेरमा नागरिकता प्राप्त
-
सरकारबारे उपेन्द्र : भाषणमा आलोचना, वास्तविकतामा समर्थन
-
उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
-
लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अद्यावधिक गर्ने निर्णय
-
विमानस्थलमा भैँसी आतङ्कबारे के भन्यो प्राधिकरणले ?
-
सरकारको बेरुजु ७३३ अर्ब नाघ्यो, एकैवर्ष थपियो ६३ अर्ब २८ करोड