कोरियाबाट रकम पठाउँदा जसले पाए १८ गुणा बढी

काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले “१८औँ वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौँ गुणा” योजनाको उपहार हस्तान्तरण गरेको छ । कोरियाबाट नीराजन ढकालले जि मनि ट्रान्स मार्फत सिटी एक्सप्रेसमा आमा निर्मला तिवारीलाई रेमिटान्स पठाउँदा आफूले पठाएको रकमको १८ गुणा अर्थात् रु ७,५४,३६२ जित्न सफल भएका थिए । सोही रकम काठमाडौँ कमलादीस्थित आफ्नै कार्यालय भवनमा आयोजित कार्यक्रममा कम्पनीले उनकी आमा निर्मला तिवारीलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । उक्त कार्यक्रममा हास्य कलाकार साथै सिटी एक्सप्रेस मनि ट्रान्सफरका ब्रान्ड एम्बेसडर जितु नेपालको उपस्थिति रहेको थियो ।
सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनालाई सामसङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसङको स्मार्ट टिभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरूलाई जनही रु ५०० को सिटी पे वालेट टप् अप र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको थियो । जसअन्तर्गत १६२० जनाले दैनिक उपहार ( रु ५०० को वालेट टप् अप ) , २४ जनाले साप्ताहिक उपहार (सामसङको स्मार्ट टिभी ) र ६ जनाले मासिक उपहार (सामसङको स्मार्ट फोन ) जित्न सफल भएको कम्पनीले जनाएको छ ।
सोही कार्यक्रममा सिटी एक्सप्रेस मनि ट्रान्सफरले २०८२ सालको क्यालेन्डर पनि सार्वजनिक गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नरसिंहाः अवतार’ को ‘मेरी प्यारी छोरी’ गीतमा राजेश र एल्भिनाको आत्मियता
-
उच्च अदालत पोखराले पठायो रविलाई पेसीको जानकारी
-
कांग्रेस सभापति देउवा र माओवादी नेता शर्माबिच भेटवार्ता
-
एअरफोनको प्रयोग : बहिरोपनाको खतरा !
-
बलिउड अभिनेत्री फतेहीको २३ सदस्यीय टोली नेपाल आइपुग्यो
-
आठ महिनामै अरुणिमा र युवराजको सम्बन्ध विच्छेद