'कोरिया सन्देश' विमोचन

काठमाडौँ । नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाले 'कोरिया सन्देश' जर्नल विमोचन गरेको छ । कोरियाका लागि नेपाली राजदूत शिवमाया तुम्बाहाङ्फेसहितले उक्त जर्नल सोलमा आयोजित एक कार्यक्रमका बिच विमोचन गरेको मञ्चका अध्यक्ष जीवन खतिवडाले बताए ।
पुस्तकमा कोरियामा क्रियाशील रहेका विभिन्न संघ संस्था र संघठनका बारेमा जानकारी समेटिएको छ । जसमा ती संघ संगठनका पदाधिकारीको नाम र तस्बिरहरू समेत समेटिएको छ । त्यसैगरी कोरियामा रहने सम्पूर्ण नागरिकका लागि स्वास्थ्य लाभ होस् भन्ने उद्देश्यले नेपाली जनप्रगतिशिल मञ्च काेरियाले पुस्तकमा विभिन्न स्वास्थ्य अवस्था र खानपिनका बारेमा डाक्टरकाे लेख समेत प्रकाशित गरेकाे छ ।
समृद्ध नेपाल निर्माणकाे निम्ति प्रवासीहरूद्वारा वैधानिक विप्रेषण प्रवासबाटै मताधिकार प्राप्ति र स्वदेशमै लगानी मैत्री वातावरण भन्ने मूल नाराकासाथ गरिएको स्मारिका विमोचन कार्यक्रममा कोरियामा क्रियाशील सरोकारवालाहरुको समेत सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशमा राजश्व सङ्कलन गर्ने विधेयकमाथिको सैद्धान्तिक छलफल सुरू
-
तीनकुनेको प्रदर्शनस्थलमा खटिएका अधिकृतहरूसहित ३५ प्रहरी कर्मचारीसँग सोधपुछ
-
सरकारले काम दिएन भने हामी सांसदको एक मिनेट पनि कामै छैन : महेश बर्तौला
-
स्रोत नखुलेको ८ लाख ३९ हजार रकमसहित एकजना पक्राउ
-
जलवायु परिवर्तनको विषयमा नेपालसँग विश्व प्रतिबद्ध छ : परराष्ट्रमन्त्री
-
‘नरसिंहाः अवतार’ को ‘मेरी प्यारी छोरी’ गीतमा राजेश र एल्भिनाको आत्मियता