लाल सागरमा पनडुब्बी डुब्दा ६ पयर्टकको मृत्यु भएको आशंका

कायरो । लाल सागरमा पनडुब्बी डुब्दा ६ जना पयर्टकको मृत्यु भएको आशंका गरिएको छ ।
पन्डुब्बी इजप्टिको हुर्गहादा सहरको बन्दरगाह नजिकै बिहीबार बिहान डुबेको समाचारहरूमा जनाइएको छ । अन्य २९ जनाको भने उद्धार गरिएको थियो । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई नजिकैको अस्पतालमा उपचार गराइएको छ ।
दुघर्टनाको समयमा पनडुब्बीमा करिब ४० जना पयर्टक रहेको आशंका गरिएको छ । डुब्ने पनडुब्बी सिन्दबाज सबमरिनको हो । कैयौं वर्षदेखि कम्पनीले पयर्टकहरूलाई यात्रा गराइरहेको थियो । विश्वभर मनोरञ्जन गतिविधिमा प्रयोग हुने जम्मा १४ वटा मात्रै पनडुब्बी भएको अनि आफूसँग यीमध्ये दुई वटा भएको कम्पनीले भनेको छ । डुबेको पनडुब्बीमा ४४ वटा यात्री सिट र दुई वटा पाइलट बस्ने सिट थिए ।
हुर्गहादामा पयर्टकहरू चढेको साधन दुघर्टनाग्रस्त भएको यो पहिलो पटक होइन । यसअघि नोभेम्बरमा पयर्टक सवार डुंगा पल्टिँदा ११ जनाको मृत्यु वा बेपत्ता भएका थिए । दुघर्टनामा ३५ जना भने बाँच्न सकेका थिए ।
गएको महिना मात्रै लाइबबोर्ड भेसल संलग्न १६ वटा दुघर्टना भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्र विराटनगरको कार्यसमिति सर्वसम्मत चयन
-
धनगढी विमानस्थल जग्गा प्रकरणः प्रेम आलेविरुद्ध लेखा समितिमा पनि उजुरी
-
पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो : पूर्वराष्ट्रपति यादव
-
तीनकुने घटना : झण्डै ४७ करोड क्षति भएको प्रारम्भिक मूल्याङ्कन
-
पोखरामा खानेपानी अभाव, पानी माग्दै होटल सङ्घ पुग्यो संस्थान
-
शिक्षकका मुद्दा किनारा लगाउँछु भन्ने शिक्षामन्त्रीले एक्कासि किन दिइन् राजीनामा ?