नेपाल र भारतका सर्वोच्च अदालतबिच न्यायिक सहकार्यको सम्झौता
काठमाडौँ । नेपाल र र भारतको सर्वोच्च अदालतबीच न्यायिक सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा नेपालका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र भारतका प्रधान न्यायाधीश माननीय संजीव खन्नाले हस्ताक्षर गरेका छन् ।
सम्झौतापत्रमा कानुन र न्यायको क्षेत्रमा भएका पछिल्ला विकासहरूबारे जानकारी आदानप्रदान गर्ने, न्यायालयका विभिन्न तहका न्यायाधीश र कर्मचारीबीच अन्तरक्रिया प्रवर्द्धन गर्ने कार्यक्रमहरू गर्ने उल्लेख छ ।
विलम्ब भएका मुद्दा फर्छ्यौट, सरोकारवालालाई प्रभावकारी सेवा प्रदान गर्न प्रविधिको प्रयोग वृद्धि, दुवै देशका अदालत तथा सम्बन्धित संस्थाहरूमा प्रयोगमा रहेका प्रविधिबारे जानकारी आदानप्रदान गर्ने पनि सम्झौतापत्रमा समेटिएको छ।
भारतका प्रधानन्यायाधीश खन्नाको निमन्त्रणामा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको भ्रमण दल पाँचदिने भ्रमणका क्रममा आइतबार भारत प्रस्थान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण