मोबाइल फुटाइदिएपछि छोरीले दिइन् यस्तो बयान, पिता ७ महिना जेलमा बसे

काठमाडौँ । मोबाइलमै व्यस्त भएकी छोरीलाई तह लगाउन खोज्दा पिताले ७ महिना जेलमा बस्नु परेको घटना प्रकाशमा आएको छ ।
भारतको उत्तर प्रदेश राज्यको गाजियाबाद जिल्लाको लोनीमा उक्त घटना भएको हो । छोरीको बयानका आधारमा ७ महिना जेलमा बसेका पुरुषलाई अदालतले निर्दोष ठहर गर्दै रिहा गरेपछि यो घटना प्रकाशमा आएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार २४ सेप्टेम्बर, २०२४ मा लोनी थानामा एक किशोरीले आफ्नै पितामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । यतिमात्र होइन, किशोरीकी आमाले आफ्नै पतिविरुद्ध उजुरीसमेत दर्ता गराएकी थिइन् ।
आफूलाई पेट्रोल छर्किएर जलाउन खोजेको र मोबाइल फोनसमेत फुटाइदिएको आरोप ती किशोरीले पितामाथि लगाएकी थिइन् । सोही आधारमा प्रहरीले आरोपित पितालाई गिरफ्तार गरेर मुद्दा प्रक्रिया अघि बढाएको थियो । अदालतले आरोपित पितालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढ्दा किशोरीले बयान फेरिन् । किशोरीले सुनुवाइका क्रममा अदालतमा भनिन्, ‘पिताले मेरो मोबाइल फुटाइदिएपछि रिसमा मैले झुटो आरोप लगाएको थिएँ ।’
बिहीबार पोक्सो अदालतका विशेष न्यायाधीश नीरज गौतमले किशोरीकै बयानका आधारमा आरोपितलाई ‘निर्दोष’ ठहर गर्दै रिहा गर्ने आदेश दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्लिकले कसरी ‘फुच्चे केटाहरू’ को टोलीलाई च्याम्पियन बनाए ?
-
माओवादी जनताको बलमा सत्तामा पुगेको हो : अध्यक्ष दाहाल
-
मदन–आश्रित हत्याकाण्डको छानबिन हुनुपर्छ : माधव नेपाल
-
शेखरको नजरमा यस्तो छ गभर्नर नियुक्तिमा चलखेल हुनुको कारण
-
धरहराबाट तीन करोड ७३ लाख सङ्कलन
-
सरकारका कमीकमजोरी भए सुधार गर्दै अघि बढ्छौँ : सभापति देउवा