नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा गुरुङ निर्वाचित
शनिबार, ३० चैत २०८१, ०६ : १६

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न ३१ औं साधारणसभाबाट नरेश गेलाललाई पराजित गर्दै उनी विजयी भएका हुन्।
संघको अध्यक्षसहित बहुमत पदाधिकारीमा गुरुङ प्यानलबाटै निर्वाचित भएका छन्। प्रथम उपाध्यक्षमा सुजित कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा देब कुमार खोखाली, महासचिवमा महेश कुमार बस्नेत, सचिवमा कुन्छा दोर्जे डिम्दोङ्ग, कोषाध्यक्षमा धनमाया सिजाली निर्वाचित भएका छन्।
संघको नयाँ नेतृत्वका लागि गुरुङ र गेलाल छुट्टाछुट्टै प्यानल बनाएर चुनाव लडेका थिए। नेकपा एमाले, एकीकृत समाजवादी र नेपाली कांग्रेसका असन्तुष्ट पक्षका मेनपावर व्यवसायीको एक प्यानल बनेर गेलालको अध्यक्षतामा उम्मेदवार बनेका थिए। भने नेपाली कांग्रेस, माओवादी केन्द्रका व्यवसायीहरू गुरुङको अध्यक्षतामा उम्मेदवारी दिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अद्यावधिक गर्ने निर्णय
-
विमानस्थलमा भैँसी आतङ्कबारे के भन्यो प्राधिकरणले ?
-
सरकारको बेरुजु ७३३ अर्ब नाघ्यो, एकैवर्ष थपियो ६३ अर्ब २८ करोड थप
-
छायाँंछवी डि सिने अवार्ड : कसलाई कुन उपाधि ?
-
इजलासमै पानी परेपछि सुनुवाइ स्थगित
-
'एकीकृत एनआरएनएका लागि खुला संवादका पक्षमा छौँ' (निष्कर्षसहित)