एन्टीबायोटिक्सले पनि काम नगर्दा ३० लाख बालबालिकाको मृत्यु : अध्ययन

काठमाडौं । सन् २०२२ मा एन्टीबायोटिकप्रतिरोधी संक्रमणबाट विश्वभर ३० लाख बालबालिकाको मृत्यु भएको बाल स्वास्थ्यसम्बन्धी दुई शीर्ष विज्ञहरूले गरेको अध्ययनले दाबी गरेको छ ।
यसमा अफ्रिका र दक्षिण पूर्वी एसियाका बालबालिका बढी प्रभावित भएको अध्ययनले बताएको हो ।
जब माइक्रोब्स एन्टीबायोटिक औषधिले असर नगर्ने गरी विकासित भएर संक्रमण गर्छन्, यो अवस्थालाई एन्टीमाइक्रोबियल रेसिस्टेस्ट (एएमआर) भनिन्छ ।
यसलाई अहिले विश्वको सम्पूर्ण जनसंख्याले सामना गरिरहेको सबैभन्दा ठुलो सार्वजनिक स्वास्थ्य चुनौती मानिएको छ ।
यो नयाँ अध्ययनबाट एएमआरले अहिले बालबालिकालाई समेत प्रभावित गरिरहेको देखाएको छ ।
यसमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र विश्व बैंकको फरक–फरक तथ्यांकलाई लिएर रिपोर्टका लेखकहरूले गणना गरेका थिए ।
विज्ञहरूले बालबालिकामा एएमआरसम्बन्धी संक्रमण मात्र तीन वर्षको अन्तरालमा १० गुणाले बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । यसमा कोभिड महामारीले थप असर गरेको हुनसक्ने उनीहरूको अनुमान छ ।
एन्टीबायोटिकलाई छालाको संक्रमणदेखि निमोनियाजस्ता ब्याक्टेरियल इन्फेक्सनमा प्रयोग हुन्छ । यसलाई कहिलेकाहीँ उपचारभन्दा पहिले रोकथामका लागि पनि दिइन्छ । जस्तै, अपरेसन अघि वा क्यान्सरको उपचारका लागि किमोथेरापी गर्दा ।
एन्टीबायोटिकले भाइरल संक्रमणमा भने काम गर्दैन । तर अहिले केही ब्याक्टेरियाले एन्टीबायोटिकलाई छल्न सक्ने क्षमता विकास गरेका छन् । यसका लागि एन्टीबायोटिकको गलत प्रयोग र अत्यधिक प्रयोगलाई कारक मानिएको छ ।
यता, एउटा एन्टीबायोटिक विकास गर्न लामो र धेरै रकम लाग्ने हुँदा नयाँ एन्टीबायोटिकको उत्पादनमा कमी आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको पक्षमा लडिरहेका एक अस्ट्रेलियाली नागरिकलाई १३ वर्षको जेल सजाय
-
ढल्केबरको ढुङ्गो र अन्तरेहरू
-
सैद्धान्तिक रूपमा नेपालका कम्युनिष्टबिच एकता हुनुपर्छ भन्नेमा म प्रष्ट छु : नारायणकाजी श्रेष्ठ
-
योजनाबद्ध विकासमा केन्द्रित छौँ : मुख्यमन्त्री आचार्य
-
रुस-युक्रेन वार्ता : युद्धबन्दी रिहा गर्ने सहमत, युद्धविरामबारे थप छलफल गरिने
-
बाउन्न वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी