नेविसंघको अध्यक्ष पदमा नरेश भट्टद्वारा उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) को १२ औं महाधिवेशनमा डाक्टर नरेश भट्टले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । कैलालीको धनगढी घर भएका डाक्टर भट्टले आउँदै गरेको १२ औं महाधिवेशनमा अध्यक्षको लागि औपचारिक उम्मेदवारी घोषणा गरेका हुन् ।
नेविसंघको केन्द्रीय सदस्य समेत रहेका भट्टले काठमाडौँ विश्वविद्यालयबाट एमबीबीएस अध्ययन पुरा गरेका हुन् भने नेपाल ल क्याम्पसका कानुन विषय समेत अध्ययन गर्दै आएका छन् । उनकै नेतृत्वमा भएको आन्दोलनका कारण चिकित्सा शिक्षा भित्रका विभिन्न बेथितिको अन्त्य भएको उनको दाबी छ ।
चिकित्सा शिक्षामा निजी कलेजहरूको ८० लाखसम्म पुगेको शुल्क घटाएर ४० लाखमा सीमित राख्न सफल भएका थिए । त्यस्तै नर्सिङ तथा मेडिकल विद्यार्थीहरूको शुल्क फिर्ता, छात्रावास र छात्रवृत्तिको माग लिएर आन्दोलनको नेतृत्व समेत गरेका थिए ।
काठमाडौँ विश्वविद्यालय मेडिकल साइन्सेजको नेविसंघ सभापति, विद्यार्थी कल्याण परिषद् अध्यक्ष, चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक र फेडेरेसन अफ नेपाली मेडिकल स्टुडेन्ट्सका राष्ट्रिय अध्यक्षको भूमिकामा समेत रहिसकेका छन् ।
डाक्टर भट्टले आफ्नो उम्मेदवारी घोषणा गर्दै देश, संगठन र विद्यार्थीहरूको हक–हितका लागि नेविसंघलाई एकताबद्ध रूपमा अगाडि बढाउने बताएका छन् । आफ्नो उम्मेदवारीले नेविसंघको नेतृत्व प्रतिस्पर्धालाई थप गतिशील बनाउने अपेक्षा उनको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढल्केबरको ढुङ्गो र अन्तरेहरू
-
सैद्धान्तिक रूपमा नेपालका कम्युनिष्टबिच एकता हुनुपर्छ भन्नेमा म प्रष्ट छु : नारायणकाजी श्रेष्ठ
-
योजनाबद्ध विकासमा केन्द्रित छौँ : मुख्यमन्त्री आचार्य
-
रुस-युक्रेन वार्ता : युद्धबन्दी रिहा गर्ने सहमत, युद्धविरामबारे थप छलफल गरिने
-
बाउन्न वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी
-
जसपा नेपालको संगठन निर्माण अभियानको समय थप