आईपीएलबाट बाहिरिए पन्जाबका तीव्र गतिका बलर लोकी फर्गुसन

काठमाडौँ । पन्जाब किङ्सका प्रभावशाली बलर लोकी फर्गुसन इन्डियन प्रिमियर लिग (आईपीएल) बाट बाहिरिएका छन् । उनी न्युजिल्यान्डका तीव्र गतिका बलर हुन् । गत शनिबार खेलिएको सनराइजर्स हैदराबादविरुद्धको खेलमा उनी घाइते भएका थिए ।
फर्गुसन बाहिरिनु श्रेयष ऐयरको कप्तानीमा रहेको पन्जाब किङ्सलाई दुःखद खबर हो । जारी आईपीएलमा पनि ३३ वर्षीय फर्गुसनले उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए । हैदराबादविरुद्धको खेलको छैटौँ ओभरमा दोस्रो बल फालेपछि उनी घाइते भएका थिए ।
त्यसपछि फिजियोको सल्लाहमा उनी मैदान छाडेर बाहिरिएका थिए । उनको नितम्बमा समस्या देखिएको समाचारमा जनाइएको छ । सन् २०२४ को नोभेम्बरयता फर्गुसन तेस्रो पटक घाइते भएका हुन् । गत फेब्रुअरीमा यूएईमा खेलिएको आईएलटी टी–२० का क्रममा पनि घाइते भएका थिए ।
ह्यामस्ट्रिङ समस्याबाट पिडीत भएपछि उनले आईसीसी च्याम्पियन्स ट्रफी पनि खेल्न सकेका थिएनन् । त्यसपछि पिँडूलाको समस्याका कारण उनले न्युजिल्यान्डविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला पनि खेल्न सकेका थिएनन् ।
पन्जाब किङ्सले उनको स्थानमा अस्ट्रेलियाका तीव्र गतिका बलर जेभियर वार्टलेटलाई टोलीमा समावेश गर्ने सम्भावना छ । अफगानिस्तानका अलराउण्डर अजमतुल्लाह उमरजाई पनि फर्गुसनको विकल्प बन्न सक्छन् ।
यसैगरी, फर्गुसनको स्थानमा भारतीय खेलाडी विजय कुमार वैशाकलाई पनि पञ्जाबले टोलीमा समावेश गर्न सक्ने सम्भावना छ । तर, यस विषयमा पञ्जाबले हालसम्म आधिकारीक रुपमा केही बताएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त
-
क्याबिनेट निर्णय : गभर्नर सिफारिस समिति पुनर्गठन, विश्वको ठाउँमा पाण्डे
-
सत्ताधारी दलहरूभित्रकै किचलो र स्वार्थ समूहहरूको दबाबमा गभर्नर नियुक्ति अलपत्र : डा.बाबुराम भट्टराई
-
५५ वर्षको उमेरमा नागरिकता प्राप्त
-
सरकारबारे उपेन्द्र : भाषणमा आलोचना, वास्तविकतामा समर्थन
-
उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली