अवैध रूपमा भारतमा बसिरहेको आरोपमा १५ विदेशी पक्राउ, डिपोर्टको तयारी

नयाँ दिल्ली । दिल्ली प्रहरीले वैध भिसा बिना भारतमा बसोबास गर्ने विदेशी नागरिकहरूलाई पक्राउ गर्न थालेको छ । यसै नीति अन्तर्गत दिल्ली प्रहरीको टोलीले वैध भिसा बिना भारतमा बसेको आरोपमा दुई बङ्गलादेशी सहित १५ विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
यिनीहरूविरुद्ध थप कानुनी कारबाही भइरहेको बताइएको छ । दिल्ली प्रहरीले मोहन गार्डेन र उत्तम नगर क्षेत्रमा यस्ता अवैध विदेशी नागरिकहरूलाई पक्राउ गर्न विशेष अभियान चलाएको थियो ।
यस अवधिमा दुई बङ्गलादेशी बाहेक १२ नाइजेरियाली र आइभरी कोस्टका एक नागरिकलाई पनि पक्राउ गरिएको छ । यिनीहरू वैध भिसा बिनै भारतमा धेरै समय बसेको प्रहरीले बताएको छ ।
यसरी पक्राउ गरिएकाहरूलाई हिरासत केन्द्रमा पठाइएको छ । प्रमाणीकरण पछि विदेशी क्षेत्रीय पञ्जीकरण कार्यालय (एफआरआरओ)ले उनीहरूलाई देश निकालाको आदेश दिएको छ । यिनीहरूलाई डिपोर्ट गर्ने तयारी भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको पश्चिम एसिया भ्रमण सम्पन्न
-
लुम्बिनी प्रदेशमा राजश्व सङ्कलन गर्ने विधेयकमाथिको सैद्धान्तिक छलफल सुरू
-
तीनकुनेको प्रदर्शनस्थलमा खटिएका अधिकृतहरूसहित ३५ प्रहरी कर्मचारीसँग सोधपुछ
-
सरकारले काम दिएन भने हामी सांसदको एक मिनेट पनि कामै छैन : महेश बर्तौला
-
स्रोत नखुलेको ८ लाख ३९ हजार रकमसहित एकजना पक्राउ
-
जलवायु परिवर्तनको विषयमा नेपालसँग विश्व प्रतिबद्ध छ : परराष्ट्रमन्त्री