पोखरा महानगर : हटाइएका करार कर्मचारीले लगाए ताला

पोखरा । पोखरा महानगरको स्वास्थ्य महाशाखामा हटाइएका करार कर्मचारीले तालाबन्दी गरेका छन् । विना कारण हटाइएको भन्दै उनीहरुले ९ बुँदे माग राखेर ताला लगाएका हुन् ।
आफूहरुलाई हटाएपछि नागरिकको आधारभूत स्वास्थ्य सेवा पाउने मौलिक हकको ग्यारेण्टी नभएको स्वास्थ्यकर्मीको आरोप छ ।
महानगरपालिकाले पूराना कर्मचारी हटाएर पुनः नयाँ कर्मचारी नियुक्त गरेको भन्दै उनीहरुको नियुक्ति बदर गर्न माग गरिएको छ । ’नीति, विधि र प्रक्रिया विपरित मनोमानी तरिकाले शुभलाभका आधारमा विना प्रतिष्पर्धा नियुक्ति गरिएका ३ जना स्वास्थ्यकर्मीको नियुक्ति बदर गर्नुपर्छ,झ आन्दोलनरत कर्मचारीले भनेका छन् ।
विना कारण निष्काशित करार कर्मचारीलाई निशर्त पुनः वहाली गर्नुपर्ने, सेवा करारका स्वास्थ्यकर्मी/कर्मचारीको कानुनी हक हितको ग्यारेण्टी गर्नुपर्ने, पोखरा महानगरपालिकामा संस्थागत सुशासन र विधिको शासन कायम गर्नुपर्ने माग कर्मचारीको छ ।
महानगरले बनाएको संगठन तथा व्यवस्थापन सर्वेक्षण तुरुन्त कार्यन्वयन गर्न पनि दवाव दिएका छन् । स्वास्थ्यकर्मी हटाएर कर्मचारी विहीन स्वास्थ्य महाशाखा नचलाउन उनीहरुको चेतावनी छ । सर्वोच्च अदालतले समग्र करार कर्मचारी हटाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
उक्त आदेश कार्यान्वयनको माग स्वास्थ्यकर्मीको छ । जागिरबाट हटाइएपछि माघ पहिलो सातादेखि उनीहरु आन्दोलित छन् । महानगरले एकैपटक ६१ स्वास्थ्यकर्मीको करार सम्झौता नगर्ने निर्णय गरेको थियो । हटाइएका कर्मचारीले सर्वोच्च समेत गुहारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी
-
१० बजे १० समाचार : ओली सामु देखिए ‘फरार’ सांसद, ‘लुटेरा निर्वाचन प्रणाली’ को विपक्षमा प्रचण्ड