फोहोर मोजा सुँघ्ने बानीले फोक्सोमा सङ्क्रमण

बेइजिङ । मानिसहरूका बानी पनि अनौठा हुन्छन् । यस्तै अनौठो बानीको कारणले चीनमा एक व्यक्ति अस्पतालसम्म पुग्नुपरेको घटना सार्वजनिक भएको हो ।
ती व्यक्तिलाई एक दिनभर आफूले लगाएको फोहोर मोजा सुँघ्ने बानी थियो । तर, यही बानीले उनको फोक्सोमा सङ्क्रमण भएको छ ।
नाम नखुलाइएका चोङकिङका ती अधबैँसे व्यक्तिलाई हालै निरन्तर खोकी लागेपछि आर्मी मेडिकल युनिभर्सिटीको साउटवेस्ट हस्पिटलमा भर्ना गरिएको थियो । अस्पताल पुगेपछि उनले डाक्टरहरूलाई औषधि सेवन गरे पनि आफ्नो खोकी पछिल्ला केही दिनमा बढेको र आँखा पनि रातो भएको बताएका थिए ।
उनको सीटी र एमआरआई स्क्यान गर्दा उनको दाहिने फोक्सोमा सङ्क्रमण भएको पाइएको थियो । यो एस्परगिलस सङ्क्रमणका हुने गर्दछ । यसबारे सोधपुछ गर्दा ती व्यक्तिले आफूलाई फोहोर मोजा सुँघ्ने बानी रहेको खुलासा गरेका थिए ।
अस्पतालका डाक्टर लियाङ पेकियाङका अनुसार कामबाट घर फर्के पछि ती व्यक्तिले आफूले लगाएको मोजा खोलेर सुँघ्ने र त्यसपछि फोहोर लुगा राख्ने बाक्सामा फाल्ने गर्थे । उनको फोहोर मोजाको जाँच गर्दा एस्परगिलस फेला परेको थियो ।
मोजामा पसिना, नुन, युरियाका साथै तातो वातावरण हुने हुँदा फंगसको वृद्धि हुने गर्छ । यसरी फोहोर मोजा सुँघ्दा त्यस्तो फंगस नाक र घाँटीमात्र नभएर फोक्सोसम्म पुग्ने खतरा रहन्छ । जसको दीर्घकालीन असर रहन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्भवती र सुत्केरीको हवाई उद्धार सेवा कमजोर, रातिमा किन भएन ?
-
गाजामा धेरै मानिस भोकमरीमा छन् : ट्रम्प
-
बाँकेमा क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम
-
पर्यटकको रोजाइमा ‘गर्मी ठाउँका शीतल गन्तव्य’
-
‘अपरेसन सिन्दुर’ भारतको बढ्दो सैन्य सामर्थ्यको प्रदर्शन
-
मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती