उसु टोली सिक्किम प्रस्थान
मङ्गलबार, ०२ वैशाख २०८२, १६ : ३०

काठमाडौँ । प्रथम मुख्यमन्त्री सिक्किम उसु प्रो नाइट फाइटमा सहभागी हुन मार्सल आटर्स अर्गनाइजेसन नेपालबाट पाँच खेलाडीसहित आठ सदस्यीय टोली मंगलबार सिक्किमको गङटोक प्रस्थान गरेको छ ।
बुधबार हुने प्रतियोगितामा विभिन्न पाँच तौल समूहमा नेपाल र सिकिम्मका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा नेपालबाट मिलन राईले ५२ केजी, निश्चल तामाङले ५६ केजी, कमल आचार्यले ६० केजी, मिलन तामाङले ६५ केजी र विनोद श्रेष्ठले ७० केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रशिक्षकमा राजिव महर्जन, टिम व्यवस्थापकमा किरणसिंह साउद र निर्णायकमा शंकर भुजेल टोलीसँगै सिक्किम प्रस्थान गरेका छन् ।
हरेक स्पर्धामा पहिलो हुने खेलाडीले ५० हजार र दोश्रोले २० हजार भारतीय रुपैयाँ नगद पुरस्कार पाउने छन् ।
टोलीलाई कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले बिदाइ गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु परिवर्तनबारे सामूहिक आवाज उठाउनुपर्छ – मन्त्री राणा
-
मन्त्रिपरिषद् बैठक सुरू,के गर्ला निर्णय ?
-
दोस्रो पटक म्याद थप्दा पनि टुङ्गिएन कांग्रेसको क्रियाशील सदस्यता नवीकरण
-
सर्वसाधारणलाई बोलाएर गरियो ‘के घर के डेरा : घर नम्बर २’ को प्रिमियर, तस्बिरहरू
-
मतदाता नामावली : १९ हजारभन्दा बढी मतदाता थपिँदा अन्यमा घट्यो
-
‘नरसिंहाः अवतार’ को विदेशी बजारमा माग बढ्दो