सहकारीका समस्याबारे राष्ट्रपतिको चासो

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी क्षेत्रमा देखिएको समस्याका बारेमा चासो व्यक्त गरेका छन् । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र सचिव अर्जुनप्रसाद पोखरेलसँगको भेटमा सहकारी समस्या बारेमा चासो व्यक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले सहकारीका समस्याका कारण मारमा परेका नागरिकलाई छिटो न्याय दिन र यस क्षेत्रको समस्यालाई छिटो टुंगो लगाउन निर्देशन दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । राष्ट्रपति पौडेलले सहकारीका साना बचतकर्ताको रकम फिर्ताका सम्बन्धमा सरकार गम्भीर भएर लाग्न निर्देशन दिएका थिए ।
सो अवसरमा मन्त्री अधिकारीले केन्द्रीयस्तरमा दर्ता भएका ४७ मध्ये २३ वटा सहकारीलाई संकटग्रस्त घोषणा गरी तदारुकताका साथ काम भइरहेको र ३ वटा सहकारीको समस्या समाधान गरिसकेको तथा बाँकी सहकारीको समस्या समाधानका लागि सरकारले काम गरिरहेको जानकारी गराएका थिए ।
लामो समयदेखि सहकारी पीडितहरूले आन्दोलन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिमाल जीवनशैलीका प्रमुख स्रोत हुन्, तिनको संरक्षण गर्नु विश्वसमुदायको दायित्व हो’
-
परराष्ट्र मन्त्रालयको सवारी मर्मतमा पाँच करोड ३२ लाख र इन्धनमा ५ करोड ३३ लाख खर्च
-
डिजिटल चीन निर्माणको कार्ययोजना सार्वजनिक
-
हेरा फेरी-३ बाट बाहिरिए ‘बाबु राव’
-
बलात्कार मुद्दामा फसेका अभिनेता एजाज खानको समस्या बढ्यो, अग्रिम जमानत अस्वीकार
-
‘मैले पढेका अचम्मै सुन्दर किताबमध्ये ‘म्यान्स सर्च फर मिनिङ’ एक नम्बरमा पर्न गयो’