शिक्षा उपसमिति बैठक : विद्यालय शिक्षा विधेयकका थप २ दफामा छलफल

काठमाडौं । संसद्को शिक्षा समिति अन्तर्गत बनेको उपसमिति बैठकमा विद्यालय शिक्षा विधेयकमा छलफल जारी छ । निरन्तर छलफल गर्दै आएको उपसमितिको बैठक आज विधेयकका दफा १६० र १६१ मा छलफल भएको छ ।
मंगलबार दुई दफामा छलफल भएपनि सहमति हुन नसकेको समिति सचिव दशरथ धमलाले बताए । दफा १६० मा राष्ट्रिय मापदण्ड बनाउने विषय छ । जसमा ऐनमा भएको व्यवस्थाको कार्यान्वयनको लागि सरकारले विभिन्न विषयमा राष्ट्रिय मापदण्ड बनाउने भन्ने छ ।
जसमा विद्यालयको अनुमति, स्थापना र सञ्चालन, विद्यालयको स्थानान्तरण, गाभ्ने, तह घटाउने, बन्द गर्ने नाम परिर्वतन गर्ने, विद्यालयको नक्साङ्कन तथा भौतिक पूर्वाधार लगायतका १२ वटा बुँदा छन् ।
त्यस्तै दफा १६२ मा नियम बनाउने अधिकारको व्यवस्था छ । ऐनको उद्देश्य कार्यान्वयनका लागि सरकारले आवश्यक नियम बनाउन सक्ने व्यवस्था छ ।
जसमा विद्यालय संस्थापना र कथा थप गर्न अनुमति दिने, शैक्षिक गुठीको विधान दर्ता तथा सार्वजनिक शैक्षिक गुठीको रुपान्तरण, सार्वजनिक विद्यालय कोषको सञ्चालन तथा लेखा परीक्षण लगायतका २२ वटा बुँदा छन् ।
धेरै बुँदा भएकाले छलफल गर्दैजाँदा सहमति पुग्न नसकिएको धमलाले बताए । उपसमितिको अर्को बैठक भोलीका लागि बोलाइएको छ । अहिलेसम्म उपसमितिमा ९१ दफामा सहमति जुटेको छ ।
आज थप २ दफामा छलफल भएको छ । तर, सहमति जुट्न भने बाँकी छ । १६३ दफा रहेको विधेयकका अब ७२ दफामा छलफल तथा सहमति जुट्न बाँकी रहेको उपसमितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन
-
बिरामी भएपछि २४ वर्षीया युवतीले अचानक अंग्रेजी बोल्नै बिर्सिइन्
-
‘आ बाट आमा’मा मुख्य भूमिकामा देखिँदै अभिनेत्री बिपना
-
सोलार फ्लेयरको खतरा : जीपीएसमा अवरोधदेखि ब्ल्याकआउटसम्म हुनसक्ने नासाको चेतावनी
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
ग्वार्को फ्लाइओभरको काम सकियो, ‘पानी नपरे जेठभित्रै गाडी चल्ने’