भाटभटेनीबाट फलफूल चोरेर भागेका ८ जना हाजिरी जमानीमा छुटे

काठमाडौँ । कोटेश्वरको भाटभेटेनी सुपरस्टोरबाट चैत १५ गते फलफूल चोरी गरेको आरोपमा पक्राउ परेका ८ जना रिहा भएका छन् ।
चैत १५ मा तीनकुनेमा पूर्वराजा समर्थितहरूले गरेको प्रदर्शनमा मौका छोपी चोरी गरेको आरोपमा समातिएकाहरू ती ८ जनालाई प्रहरीले रिहा गरेकाे हो । स्याउ र सुन्तला चोरेर भागेकाहरूलाई छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । उनका अनुसार उनीहरूलाई अहिले हाजिर जमानीमा रिहा गरिएको छ ।
सीसीटीभी फुटेजको सहयोगमा पक्राउ परेका उनीहरूले स्टोर बाहिरको स्टलमा राखिएको फलफूल चोरेर भागेका देखिएको थियो । हाजिर जमानीमा छुट्नेमा देवबहादुर थापा मगर, प्रसिद्ध मल्ल, राज ठाकुर, नवीन ढकाल, आलोक पराजुली, चित्रमाया बस्नेत, बरुण यादव र सुस्मिता बराल छन् ।
तीनकुनेमा अवाञ्छित गतिविधि गरेको आरोपमा दुर्गा प्रसाईंसहित ७४ जना भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मैले पढेका अचम्मै सुन्दर किताबमध्ये ‘म्यान्स सर्च फर मिनिङ’ एक नम्बरमा पर्न गयो’
-
वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट
-
रामायणमा काजल अग्रवालको इन्ट्री, निभाउने छिन् यो भूमिका
-
युक्रेन : बसमा गरिएको रुसी ड्रोन आक्रमणमा ९ जनाको मृत्यु
-
चेस बने वेस्ट इन्डिजका नयाँ टेस्ट कप्तान
-
माधव—प्रचण्डलाई ओलीको कटाक्ष : जहाँबाट निकाल्यौ, अहिले त्यहीँ छु