शिक्षक आन्दोलन असर : केन्द्राध्यक्ष गोष्ठी रोक्न राष्ट्रिय परीक्षा बोर्डले पठायो पत्र

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको केन्द्राध्यक्ष गोष्ठी रोक्न शिक्षा विकास तथा समन्वय ईकाइ रौतहटलाई पत्र पठाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका शाखा अधिकृत जयप्रकाश कुशवाहाले कक्षा १२ वार्षिक परीक्षाको केन्द्राध्यक्ष गोष्ठी रोक्न मंगलबार शक्षा विकास तथा समन्वय ईकाइ रौतहटलाई पत्र पठाइएको बताए ।
शाखा अधिकृत कुशवाहाद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ,‘प्रस्तुत विषयमा तहाँको मिति २०८१/१२/२९ गते च.नं.९३६ को पत्रानुसार रा.प. बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुर (कक्षा ११ र १२) द्वारा २०८२ वैशाख ११ गतेदेखि ऐ.२४ गते सम्म कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुने भएकोले त्यस जिल्लामा निर्धारण गरिएको परीक्षा केन्द्रहरुका केन्द्राध्यक्षहरुको अभिमुखिकरण गोष्ठी २०८२ साल वैशाख ३ गते गर्न तोकिएको हुदा देशमा हाल शिक्षक महासंघको विरोधका कार्यक्रम चलिरहेकोले विषम परिस्तिथीका कारण हाललाई उक्त कार्यक्रम स्थगित गरि दिनुहुन निर्देशानुसार अनुरोध छ ।’
शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरेर आन्दोलन गरिरहेका शिक्षकहरू १४ दिनदेखी आन्दोलनरत छन् ।
शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले मंगलवार पनि माईतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गरिरहेका छन् ।
यसबीच सरकार र महासंघका पदाधिकारी–प्रतिनिधिबीच पटक-पटक संवाद भएपनि सहमति जुट्न सकेको छैन । शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, १८ किसिमका शिक्षकहरुलाई एकद्वार गर्नुपर्ने लगायत उनीहरुका माग छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
-
लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अद्यावधिक गर्ने निर्णय
-
विमानस्थलमा भैँसी आतङ्कबारे के भन्यो प्राधिकरणले ?
-
सरकारको बेरुजु ७३३ अर्ब नाघ्यो, एकैवर्ष थपियो ६३ अर्ब २८ करोड थप
-
छायाँंछवी डि सिने अवार्ड : कसलाई कुन उपाधि ?
-
इजलासमै पानी परेपछि सुनुवाइ स्थगित