सरकार परिवर्तनको हल्ला आजबाट अन्त्य भयो : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ वर्ष आरम्भ संगै सुरु भएको सरकार परिवर्तनको हल्ला आजबाट अन्त्य भएको दावी गरेका छन् ।
मंगलबार सामाजिक सञ्जालमा महसचिव पोखरेलले लेखेका छन्,‘नयाँ वर्ष आरम्भ संगै सुरुभएको सरकार परिवर्तनको हल्ला आजवाट अन्त्य भएको छ । अब पुनः नीति, कार्यक्रम र बजेटको तयारीका सन्दर्भमा सरकारलाई सुझाव दिऊ।’ उनले अब बहस स्वास्थ्य क्षेत्रमा सुरु भएको पनि बताएका छन् ।
पोखरेलले यस्तो लेखेका छन् : नयाँ वर्ष आरम्भ संगै सुरुभएको सरकार परिवर्तनको हल्ला आजवाट अन्त्य भएको छ । अब पुनः नीति, कार्यक्रम र बजेटको तयारीका सन्दर्भमा छलफलमा सहभागी बनौँ ।
बहस श्रृंखला २ स्वास्थ क्षेत्रमा
स्वास्थ क्षेत्रका मुख्य समस्याः
१) स्वास्थ पूर्वाधार अभाव तथा जनशक्तिको अभाव र असमान वितरण
२) स्वास्थ विमा कार्यक्रम कार्यान्वयनमा गम्भीर समस्या
३) निरोगी नेपालको अवधारणा कार्यान्वयनमा चुनौती
स्वास्थ क्षेत्रको सुधारका मुख्य विषय
१) योजना अनुरुप पूर्वाधार विकास र सुदृढीकरण
२) स्वास्थ क्षेत्रका लागि आवश्यक जनशक्तिको विकास र सन्तुलित वितरण (ग्रामिण क्षेत्रमा काम गर्ने जनशक्तिलाई विशेष प्रोत्साहन)
३) स्वास्थ विमाको प्रभावकारी कार्यान्वयन (यसमा सबै अनुदानलाई विमा कार्यक्रमसंग जोडेर विमाको दायराको विस्तार । गरिव र जेष्ठ नागरिकलाई निशुल्क विमाको सुनिश्चितता)
४) सूचना प्रविधिको प्रयोगद्वारा ग्रामिण क्षेत्रमा टेलिमेडिसिनको विस्तार
५) निरोगी नेपाल निर्माणका लागि स्वास्थ शिक्षा र स्वच्छ आहार विहारको प्रवर्धन
यस सन्दर्भमा तपाईका मौलिक सुझाव भए उल्लेख गर्नुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्याबिनेट निर्णय : गभर्नर सिफारिस समिति पुनर्गठन, विश्वको ठाउँमा पाण्डे
-
सत्ताधारी दलहरूभित्रकै किचलो र स्वार्थ समूहहरूको दबाबमा गभर्नर नियुक्ति अलपत्र : डा.बाबुराम भट्टराई
-
५५ वर्षको उमेरमा नागरिकता प्राप्त
-
सरकारबारे उपेन्द्र : भाषणमा आलोचना, वास्तविकतामा समर्थन
-
उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
-
लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अद्यावधिक गर्ने निर्णय