सोमबार, ०८ वैशाख २०८२
ताजा लोकप्रिय

माइतीघरमा प्रदर्शन गर्ने अमेरिकनलाई डिपोर्ट गर्ने निर्णय

मङ्गलबार, ०२ वैशाख २०८२, २० : ५९
मङ्गलबार, ०२ वैशाख २०८२

काठमाडौं । काठमाडौंको माइतीघरबाट पक्राउ परेका अमेरिकी नागरिकलाई डिपोर्ट (निष्काशन) गर्ने निर्णय गरिएको छ ।

चैत १४ मा कुलमान घिसिङको बर्खास्तीको विरुद्ध भएको प्रदर्शनमा सहभागी भएपछि प्रहरीले उनलाई पक्राउ गरेर अध्यागमन विभागको जिम्मा लगाएको थियो । 

घिसिङ समर्थकको जुलुसमा देखिएका ५८ वर्षीय जुलियन किर्पाललाई डिपोर्ट गर्ने निर्णय गरिएको अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले रातोपाटीलई बताए । 

पर्यटन भिषमा आएका उनले अध्यागमन ऐन विपरित नाराबाजी गरेको र भिषा प्रयोजन बिपरितको काममा सहभागी भएको रिजालले जानकारी दिए ।

उनलाई हवाईट टिकट पेश गर्न लगाएर अमेरिका फिर्ता पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप