मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विस्का नखःको चौथो दिन, रथलाई पोखरीमा स्नान गराइयो (तस्बिरहरू)
जात्रा

विस्का नखःको चौथो दिन, रथलाई पोखरीमा स्नान गराइयो (तस्बिरहरू)

बुधबार, ०३ वैशाख २०८२

 

काठमाडौँ । धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको टोखामा चैत मसान्तदेखि सुरु भएको विस्का नखः (जात्रा) को आज चौथो दिन रथलाई पोखरीमा स्नान गराइन्छ। । नेवार समुदायको बाहुल्य रहेको टोखामा हरेक वर्षझै यस वर्ष पनि चैत मसान्तदेखि वैशाख ४ गतेसम्म पाँच दिन चल्ने गर्छ। 

biska rath snan (1)

वैशाख १ गते सपनतीर्थ मेलासँगै सिन्दूर जात्रा गरी औपचारिक विस्का जात्रा सुरु हुने गरेको छ । वैशाख २ गते बिहान टोखा नगरपालिकाको वडा नं २ गणेशस्थान थलागटोलमा सिन्दूर जात्रा गरेर नगर परिक्रमा गरिने रथलाई सोही दिन माथिल्लो लाछिमा लगेर बिसाइन्छ ।

biska rath snan (8)

वैशाख ३ गते बिहान ६ बजे माथिल्लो लाछिमा सिन्दूर जात्रा गरेर उठाइएको रथ दिउँसो १ बजे वडा नं ३ स्थित हासलटोलमा लगेर बिसाउने चलन छ । बिहान ६ बजेदेखि सुरु भएको रथयात्रालाई गुठी, गुठीयारको घरमा लगेर बाली उठाउने गरिन्छ । दिउँसो १ बजेदेखि ३ बजेसम्म हासलटोलमा राखेर रथको पूजा गर्ने चलन छ ।

सोही दिन साँझ ३ बजे उक्त रथलाई हासलटोलबाट उठाएर सरस्वती चौरको पोखरीमा स्नान गराई इन्द्रायणी मसानकाली परिक्रमा गराई वडा नं ३ को सानो लाक्षिमा लगेर बिसाइन्छ । सोही दिन रातभर गुठीयार र विभिन्न खलःहरू बसेर रातभर भजनकीर्तन गर्ने तथा जाग्राम बस्ने चलन रहेको छ ।

biska rath snan (2)biska rath snan (3)biska rath snan (4)biska rath snan (5)biska rath snan (6)biska rath snan (7)biska rath snan (9)biska rath snan (10)biska rath snan (11)biska rath snan (12)biska rath snan (13)biska rath snan (14)biska rath snan (15)

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया