सुदूर अन्तरिक्षको ग्रहमा भेटियो जीवनको आशालाग्दो संकेत

काठमाडौँ । वैज्ञानिकहरूले अन्तरिक्षको सुदूर कुनामा अर्को तारालाई घुमिरहेको एउटा ग्रहमा जीवन भएको नयाँ प्रमाण फेला पारेका छन् । तर यो प्रमाण मोटामोटी मात्रै भएको बताइएको छ ।
क्याम्ब्रिजको एक टोलीले के २–१८ बी नाम गरेको ग्रहको वायुमण्डलको अध्ययन गरेका थिए । त्यहाँ पृथ्वीमा सामान्य जीवजन्तुले मात्रै उत्पादन गर्न सक्ने मोलिक्युलको संकेत भेटिएको छ ।
तर यो तथ्यलाई प्रमाणित गर्न थप डेटा चाहिने उक्त टोली र स्वतन्त्र खगोलविद्हरूले बताइरहेका छन् । छिटै नै ठोस प्रमाण प्राप्त हुनेमा आफू आशावादी रहेको यस अनुसन्धानका मुख्य अनुसन्धाता प्राध्यापक निक्कु मधुसुदनले भनेको भन्दै बीबीसीले समाचार छापेको छ ।
अन्तरिक्षमा कुनै ग्रहमा जीवन छ भन्ने यो अहिलेसम्मकै बलियो प्रमाण भएको उनले बताए । आगामी एक दुई वर्षमा यो कुराको पुष्टि आफूले गर्न सक्ने उनको भनाइ छ । के२–१८ बी पृथ्वीभन्दा साढे २ गुणा ठूलो छ । यो पृथ्वीबाट सात हजार खर्ब माइल पर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण