घुस दिँदादिँदै पक्राउ परेका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सापकोटा दोषी ठहर
_b6GEHTJHdR.jpg)
काठमाडौँ । विशेष अदालतले अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
न्यायाधीशत्रय रामबहादुर थापा, मुरारीबाबू श्रेष्ठ र रितेन्द्र थापाको इजलासले सापकोटालाई दोषी ठहर गर्दै २ महिना १५ दिन कैद र ५० हजार बिगो जरिवानाको सजाय कायम गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ पुस २५ मा सापकोटा जिल्ला नुवाकोट, किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत रहँदा विशेषमा अभियोग पत्र दायर गरेको थियो ।
मेल्लेख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत रहँदा खरिद कार्यमा अनियमितता गरेको उजुरीको आधारमा अख्तियारले छानबिन सुरु गरेको थियो । त्यसैक्रममा अनुसन्धानलाई प्रभावमा पारी अनुसन्धान टुङ्ग्याउन एक लाख रुपैयाँ घुससहित बुझाउने बहानामा अनुसन्धान अधिकृतको कार्यकक्षमा गइ रकम दिँदादिँदै सापकोटा पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिथिला संस्कार र संस्कृतिमा बढ्दो तमकझमक
-
जलवायु परिवर्तनले हुने हानी, नोक्सानीको क्षतिपूर्ति प्राप्त गर्ने प्रक्रियालाई सहज बनाऔँ : विज्ञहरू
-
रामायणले नेपाली समाजलाई जोड्ने काम गर्यो : शिक्षामन्त्री पन्त
-
सगरमाथा संवाद विश्वका लागि प्रेरणादायक उदाहरण : युएनडीपी उपाध्यक्ष
-
अमेरिकी अदालतको फैसलाले सरकारको आप्रवासी नीति प्रभावित : ट्रम्प
-
दासढुङ्गामा मदन–आश्रित स्मृतिसभा