चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ

धरान । चुनकुमारी बुढाथोकीको हत्या प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय धरानमा आज पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरिएको हो ।
जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाका अनुसार हत्याका आरोपीलाई झापाको काँकडभिट्टा तथा र मोरङ्का विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । मृतक चुनकुमारीका श्रीमान् धनकुटाको महालक्ष्मी नगरपालिका–२ का ३१ वर्षीय प्रेमबहादुर बुढाथोकीलाई यही वैशाख ३ गते त्रिभुवन अन्तराष्ट्रिय विमास्थलबाट पक्राउ गरिएको हो ।
चुनकुमारीको हत्यामा उनकै आफन्तजन संलग्न रहेकोे अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक तिमल्सिनाले बताए । उक्त घटनामा मोरङको पथरी शनिश्चरे नगरपालिका–३ का २९ वर्षीय ढकेन्द्र बुढाथोकी, २५ वर्षीया सृष्टि बुढाथोकी र ४० वर्षीय केशवराज दाहाल, पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ का ३६ वर्षीय योगेन्द्र गौतम र २८ वर्षीय डेनु गौतमलाई पक्राउ गरिएको छ । भारतको आसाम तेजपुरका ३५ वर्षीय राजु थापामगर भने फरार रहेका छन् ।
प्रहरी उपरीक्षक तिमल्सिनाका अनुसार हत्या गरिएकी चुनकुमारी र प्रेमबहादुरबीच केही समयदेखि मनमुटाव र झगडा थियो । श्रीमान् प्रेमबहादुरको योजना अनुसार जङ्गलमा लगेर चुनकुमारीको हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको उनले बताए । हत्या गरिएको ठाउँबाट प्रहरीले तीन मोटरसाइकल समेत बरामद गरेको छ । चुनकुमारीको शव गत चैत २५ गते धरान उपमहानगरपालिका–६ पाचँकन्या सामुदायिक वनभित्र फेला परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता