संविधानमा सुनिश्चित अधिकार महिलाले पाएनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले संविधानमा सुनिश्चित भएका अधिकार महिलाले प्राप्त गर्न नसकेको बताएका छन् ।
उनले जनसङ्ख्याको ५१ प्रतिशत महिलाले ओगटेपनि अझै पनि हक र अधिकारबाट बञ्चित रहेको बताएका हुन् ।
महिला पुनःस्थापना केन्द्र (ओरेक) को ३४ औँ वार्षिकोत्सवको अवसरमा यहाँ आयोजित एक कार्यक्रममा उनले भने,“संविधानमा लेखिएका हक अधिकारहरु महिलाले पाएका छैनन् । २०७२ को संविधान बन्नुअघि र पछि महिलाको जागरुकता र पहुँचमा धेरै अन्तर आइसकेको छ । महिला सचेत र जागरुक भइसकेका छन् । महिला आफैँ आफ्ना हकका लागि लड्नुपर्छ ।”
ओरेकका संस्थापक अध्यक्ष रेणु अधिकारीले समाजमा गाडिएको विभेदको जरो अन्त्य नहुन्जेल ओरेकले घच्घच्याउने काम गरिराख्ने बताए । उनले भने,“समाजमा विभेदको जरो नराम्ररी गाडिएको छ । समाजका विभिन्न पाटोसँग ओरेकले काम गरेको छ । हामी सङ्घसंस्थाहरु प्रतिस्पर्धी होइनौँ सरकारका सहयोगी हौँ ।”
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले सयौँ वर्षदेखि बहिष्करणमा पारिएका र दबिएका आवाजका लागि ओरेकले काम गरेको र आयोग सहकार्य गर्न सधैँ तत्पर रहेको उल्लेख गर्दै शुभकामना व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालेखाले उठायो प्रिमियमको आइपीओ अनुमतिमाथि प्रश्न
-
सेयर बजारमा गिरावट, कारोबार निरन्तर घट्दै
-
ट्राफिक इन्स्पेक्टरले जवानलाई कुटेको घटना छानबिन गर्न समिति गठन
-
उपत्यका खानेपानी लिमिटेड कार्यकारी निर्देशकको राजीनामा माग गर्दै आन्दोलन
-
पुटिनलाई नेपाल भ्रमणको निम्तो सुनाइदिन प्रधानमन्त्रीको आग्रह
-
काठमाडौँ र ललितपुरमा चोरी